बिहिबारदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र अनलाइनबाटै पाईने

Technology Khabar २० श्रावण २०७८, बुधबार

बिहिबारदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र अनलाइनबाटै पाईने

काठमाडौं ।

अब सरकारले साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । यसको लागि स्वास्थ्य सेवा विभागबाट अनलाइनमार्फत नै सो सेवाको लागि आवेदन भरेर उपलब्ध हुने भएको छ।

यसको लागि विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नको लागि साउन २१ गतेदेखि अनलाइन फाराम भर्नुपर्नेछ ।

सो फारामसहित माग गरिएका बिबरणहरु तथा कागजातहरु अपलोड गरेपछि मात्र सो प्रमाणपत्र उपलब्ध हुनेछ।

अनलाइनमार्फत फाराम भर्नका लागि https://vaccine.mohp.gov.np/public-request-form वेबसाइटमा गई प्रकृया पुरा गर्न सकिनेछ।

सो प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, फोटोलगायतका बिबरणहरु बुझाउनुपर्ने प्रावधान राखिएकोछ ।

यस बाहेक भौतिकरुपमा समेत क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र लिन सकिने विभागले जनाएको छ ।

विभागकाअनुसार भौतिक उपस्थितीमा लिनका लागि राष्ट्रिय आयुर्वेद अनुसन्धान ताथ तालिम केन्द्र, कीर्तिपुरमा उपस्थित भई प्रमाणपत्र लिनसकिनेछ ।

त्यसैगरि वैदेशिक रोजगारमा जानेहरुका लागि भने भिसाको प्रतिलिपि र टिकटको प्रतिलिपि समेत राख्नुपर्नेछ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

easy care

प्रकाशित: २० श्रावण २०७८, बुधबार