Technology Khabar २० श्रावण २०७८, बुधबार
काठमाडौं ।
फेसबुकले न्यूयोर्क युनिभर्सिटी अर्थात् एनवाईयूको विज्ञापनसम्बन्धी अनुसन्धानसम्बद्ध एकाउन्टहरु डिसेबल गरेको छ। अनुसन्धाताहरुले फेसबुकबाट यूजरहरुको सहमति बिना अवैध तरिका अवलम्बन गरेर डाटा लिएको आरोप लगाएको छ।
एनवाईयूले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको ठिक अघि पत्रकार, नीति निर्माता तथा सर्वसाधारणलाई फेसबुकले राजनीतिक विज्ञापनलाई कसरि लक्षित गर्छ भन्ने प्रवृत्ति बुझ्न सहज होस् भन्ने उद्देश्यले एनवाईयू एड अब्जरभेटरी नामको परियोजना सार्वजनिक गरेका थिए।
उक्त परियोजनाको हिस्साका रुपमा युनिभर्सिटीले फेसबुक यूजरले आफ्ना ब्राउजरमा एड गर्न मिल्ने एउटा प्लग-इन सिर्जना गरेको थियो जसले यूजरले सामाजिक सञ्जालमा हेरेको विज्ञापनलाई कपी गरर पब्बलिक डाटाबेसमा राख्न सक्थ्यो।
उक्त ब्राउजर एक्सटेन्सनले यूजरनेम, यूजर प्रोफाइलमा जाने लिंक तथा कुनै पनि यूजरले सार्वजनिकरुपमा अनुपलब्ध कुनै निश्चित विज्ञापन किन हेर्छ भन्ने कुराको जानकारीसमेत संकलन गर्दथ्यो।
तर फेसबुकले अनुसन्धाताले उक्त सामाजिक सञ्जालको नियम उल्लंघन गर्दै अवैध तरिकाबाट यूजरको डाटा लिएको आरोप लगाएको छ।
कम्पनीले ब्राउजर एक्सटेन्सनले ‘डाटा संकलन गर्न इजाजत नदिएका फेसबुक यूजरहरुको समेत डाटा लिएको आरोप लगाएको छ।
युनिभर्सिटी र फेसबुकबीचको विवादले सामाजिक सञ्जालले कसरी गोपनीयता र पार्दर्शितालाई समन्वय गरेर गरेर अगाडि बढेको छ भन्ने पुष्टि गर्छ।
प्रकाशित: २० श्रावण २०७८, बुधबार