फोन चार्ज गर्दा यी गल्तीहरु कहिल्यै नगर्नुस्, क्षति हुनेछ तपाईँको फोनको ब्याट्रीलाई

Technology Khabar २० श्रावण २०७८, बुधबार

फोन चार्ज गर्दा यी गल्तीहरु कहिल्यै नगर्नुस्, क्षति हुनेछ तपाईँको फोनको ब्याट्रीलाई

आजकल ७००० एमएएच ब्याट्रीले सुसज्जित स्मार्टफोनहरु पनि लन्च भैरहेको छ, जहाँ पहिले सामसङको फोनमा मात्र यस्तो शक्तिशाली ब्याट्री हुने गर्दथ्यो, अब विभिन्न ब्राण्डले ७००० एमएएच ब्याट्री भएको फोनहरु ल्याईरहेका छन्।

एकै समयमा, अब स्मार्टफोनको उपयोग बढेको छ, यस्तो स्थितिमा, फोनको ब्याट्री पनि चाँडै समाप्त हुन्छ र यो बारम्बार चार्ज गर्नुपर्छ। फोन चार्ज गर्दा, हामी प्रायः धेरै यस्ता गल्तीहरु गर्छौं जुन फोनको लागी हानिकारक छ। आज हामी यी गल्तीहरु को लागी तपाइँको ध्यान आकर्षित गराउन चाहन्छौं।

रातभर चार्ज नगर्नुहोस्

धेरै पटक हामी राती सुतेको बेला हाम्रो फोन चार्जमा राख्छौं र फोन रातभर चार्जमा रहन्छ। यो बिल्कुल गर्नु हुँदैन। यसले तपाइँको स्मार्टफोनको ब्याट्रीलाई असर गर्छ र फोनको ब्याट्री पनि छिटो बिग्रन सक्छ। त्यसैले लामो समय सम्म आफ्नो फोन चार्जमा नराख्नुहोस्।

फोन ८० प्रतिशत सम्म मात्र चार्ज गर्नुहोस्

धेरै पटक हामी फोन चार्जको बारेमा लापरवाह गर्दछौं। त्यसबेलासम्म हामी फोन चार्ज गर्दैनौं जसम्म यो आफैं बन्द हुँदैन्। तर के तपाइँलाई थाहा छ कि यसो गर्दा फोनको ब्याट्री धेरै प्रभावित हुन्छ। यदि तपाइँ आफ्नो फोनको ब्याट्री लाई ठीकसंग राख्न चाहानुहुन्छ भने तपाईँले सधैं २० प्रतिशत ब्याट्री बचेपछि मात्र फोन चार्जमा राख्नु पर्छ। तपाईँले ब्याट्री डाउन हुनुभन्दा अगाडी नै चार्ज गरेर साइड इफेक्टबाट बच्न सक्नुहुन्छ। यसको लागी, यदि सम्भव छ भने तपाईँ राम्रो पावर बैंकको उपयोग गर्नुहोस्। यदि आवश्यक छभने तुरुन्तै चार्जमा फोन राख्नुहोस्।

सधैं सक्कली चार्जर प्रयोग गर्नुहोस्

यदि तपाइँ फोनको ब्याट्री लाई क्षतिग्रस्त हुन बाट बचाउन चाहानुहुन्छ र लामो समय सम्म रहन चाहानुहुन्छ भने सधैं तपाइँको स्मार्टफोनलाई सक्कली चार्जरबाट मात्र चार्ज गर्नुहोस्। तपाइँ कुनै अन्य वा स्थानीय चार्जरबाट फोन चार्ज गर्नुहुन्छ भने यसले तपाइँको फोनको ब्याट्री लाई नराम्रो असर पार्छ। लगातार लोकल चार्जरले चार्ज गर्दा तपाइँको फोनको ब्याट्री बिगार्न सक्छ। त्यसैले फोनसंग आउने वा कम्पनीको चार्जर मात्र प्रयोग गर्नुहोस्।

चार्ज गर्नु अघि फोनबाट कभर हटाउनुहोस्

हामी सबै फोनलाई क्षति हुनबाट बचाउन कभरको उपयोग गर्दछौं। तर कभरका साथमा फोन चार्ज गर्दा चाँडै फोन तात्ने समस्या हुन्छ। धेरै पटक कभरका साथमा फोनमा चार्जिंग पिन ठीकसँग नलाग्दा फोन चार्ज हुन समस्या हुन्छ। त्यसैले एक पटकमा पूरा फोन चार्ज गर्ने प्रयास गर्नुहोस्। चार्ज गर्दा कभर हटाएर मात्र चार्ज गर्नुहोस्।

छिटो चार्ज गर्ने एपहरुको उपयोग नगर्नुहोस्

धेरै पटक हामी फोनको ब्याट्री बचाउन को लागी यस्ता फास्ट चार्जिंग एप्स डाउनलोड गर्दछौं। जो लगातार फोनमा चलिरहन्छन्। यसकाे माध्यमबाट तपाईँको फोन चाँडै चार्ज हुन सक्छ तर यसले ब्याट्री चाँडै ड्रेन गराउँछ । ब्याट्री बचत गर्ने यी तेस्रो पक्षिय एपहरुले ब्याट्रीमा अधिक दबाब राख्छन्।

TK Viber

प्रकाशित: २० श्रावण २०७८, बुधबार

Loading...