एप्पलद्वारा म्याक प्रो मा एएमडी आरडीएनए २ ग्राफिक्स कार्ड उपलब्ध

Technology Khabar २० श्रावण २०७८, बुधबार

एप्पलद्वारा  म्याक प्रो  मा एएमडी आरडीएनए २ ग्राफिक्स कार्ड उपलब्ध

एप्पलले म्याक प्रो वर्कस्टेशन कम्प्युटरका लागि ग्राफिक्स कार्ड अप्शन अपडेट गरेको छ।

कम्पनीले हालै भेगा २ लाई विस्थापित गर्दै एएमडीको अत्याधुनिक जेनेरेशनको आरडीएनए २ मा आधारित ग्राफिक्स कार्ड अप्शन अपडेट गरेको छ।

अब म्याक प्रोमा ५८०एक्स, डब्लू५५००एक्स र डब्लू५७००एक्स को साथमा रेडन प्रो डब्लू६९००एक्स, रेडन प्रो डब्लू६८००एक्स वा रेडन प्रो डब्लू६८००एक्स डुओको अप्शन थपिएको छ।

रेडन प्रो डब्लू६९००एक्स एउटा फ्ल्यागशिप सिंगल जीपीयू हो। रेडन आरएक्स ६९००टी गेमिङ जीपीयूमा आधारित यसमा पनि ८० कम्प्युट यूनिट, ५१२० स्ट्रिम प्रोसेसर तथा अलिक सानो २१७१मेगाहर्ज बूस्ट क्लक स्पीड रहेको छ। तर यी दुईमा रहेको सबैभन्दा ठूलो भिन्नता भनेको रेडन प्रो डब्लू६९००एक्समा आरएक्स ६९००एक्सटीको भन्दा दोब्बर ३२ जीबी डीडीआर६ मेमोरी रहेको छ।

रेडन प्रो डब्लू६९००एक्सको मूल्य कन्फिगर गर्दा ५६०० तथा छुट्टै किन्दा ६००० डलर तोकिएको छ।

TK Viber

प्रकाशित: २० श्रावण २०७८, बुधबार

Loading...