शाओमीद्वारा भारतमा ११औं जेनेरेशन इन्टेल सीपीयूसहित रेडमीबुक १५ प्रो सार्वजनिक

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

शाओमीद्वारा भारतमा ११औं जेनेरेशन इन्टेल सीपीयूसहित रेडमीबुक १५ प्रो सार्वजनिक

चिनियाँ कम्पनी शाओमीले हादै भारतीय बजारका लागि इन्टेल प्रोसेसरयुक्त दुई ओटा ल्यापटप सार्वजनिक गरेको छ। यीमध्ये रेडमीबुक १५ प्रो हाइयर इन्ड मोडल हो जसमा ११औं जेनेरेशन इन्टेल एच सिरिज प्रोसेसर राखिएको छ।

अर्को मोडल विद्यार्थीहरुका लागि ल्याइएको हुनाले यसको नाम रेडमीबुक ई-लर्निङ एडिशन राखिएको छ।

रेडमीबुक १५ प्रो

यसमा १५.६ इन्चको फुल एचडी डिस्प्ले दिइएको छ भने पावरका लागि ६५ वाट चार्जरसहितको ४६ वाट आवर क्षमताको ब्याट्री राखिएको छ। यो ल्यापटपले एक पटक चार्ज गर्दा १० घण्टा ब्याकअप दिने कम्पनीको दावी छ।

यसमा ३५ वाटसम्मको टीडीपीसहितको इन्टेल आई५-११३००एच, १० एनएम सुपरफिन चिप राखिएको छ। साथै यसमा ८० एक्जेक्युशन यूनिटयुक्त इन्टेल एक्सई ग्राफिक्स उपलब्ध छ जसको कार्यक्षमता एनभिडिया एमएक्स३३० को भन्दा अझ अब्बल रहेको कम्पनीले जनाएको छ।

यो ल्यापटपमा ८ जीबी डीडीआर५ र्याम तथा ५१२ जीबी एनभीएमई एसएसडी आन्तरिक स्टोरेज दिइएको छ।

यसमा दुई ओटा यूएसबी ए ३.२, एउटा एचडीएमआई र एउटा गिगाबिट इथरनेट पोर्ट रहेको छ।

यो ल्यापटपको मूल्य ६७५ डलर तोकिएको छ भने आगामी अगस्ट ६ देखि उपलब्ध हुने बताइएको छ।

रेडमीबुक ई-लर्निङ एडिशन

यसमा पनि १५.६ इन्चको फुल एचडी डिस्प्ले दिइएको छ भने यसको मूल्य ५६५ डलर राखिएको छ। यसमा पनि ११औं जेनेरेशन आई३-१११५जी४ इन्टेल प्रोसेसर छ।

८ जीबी डीडीआर४ र्याम तथा २५६ जीबी साटा एसएसडी दिइएको छ।

TK Viber

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

Loading...