मूल्यका कारण सामसङको ९९ इन्च माइक्रोएलईडी टीभी सार्वजनिक हुनमा ढिलाइ

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

मूल्यका कारण सामसङको ९९ इन्च माइक्रोएलईडी टीभी सार्वजनिक हुनमा ढिलाइ

सामसङको ९९ इन्चको माइक्रो एलईडी टीभी मूल्यका कारण सार्वजनिक हुन र बजारमा बिक्रीका लागि जान सकेको छैन। कम्पनीले यसअघि यो वर्षको पूर्वार्द्धमै यसलाई सार्वजनिक गर्ने योजना बनाए पनि हालसम्म हुन सकेको छैन।

सामसङले यो बाहेक ८८ र ७६ इन्चका माइक्रोएलईडी टीभी पनि सार्वजनिक गर्ने बताएको छ।

कम्पनीका एक प्रवक्ताका अनुसार ११० इन्चको माइक्रोएलईडी टीभीको माग उच्च भएका कारण पनि अन्य साइजका टीभी सार्वजनिक गर्नमा ढिलाइ भएको हो। तर कम्पनी सम्बद्ध व्यक्तिहरुको बुझाइ भने यसको मूल्य निकै महंगो भएका कारण बजारमा आउन ढिला भइरहेको हो।

९९ इन्चको भर्सनको मूल्यक ११० इन्चको १ लाख ४८ हजर डलरभन्दा कम हुनुपर्ने थियो। तर माइक्रोएलईडीको निर्माणका बेला अझ साना एलईडीलाई सामो सतहमा राख्नुपर्ने भएकाले साना साइजका डिस्प्लेको मूल् अझ बढी हुने बुझिएको छ।

माइक्रोएलईडीमा एलईडीमा खराबी आएमा साना मोडलमा त्यसलाई फेर्न पनि महंगो पर्न जाने हुन्छ। यसै कारणले पनि यो प्रविधवियुक्त टीभीको आधिकारिर सार्वजनिक हुन कम्पनीले ढिलाइ गर्ने केहीको बुझाइ छ।

TK Viber

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

Loading...