गुगलले सेप्टेम्बर २७ देखि एन्ड्रोइड २.३.७ र योभन्दा तलका भर्सनमा साइन इन गर्न नदिने

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

गुगलले सेप्टेम्बर २७ देखि एन्ड्रोइड २.३.७ र योभन्दा तलका भर्सनमा साइन इन गर्न नदिने

काठमाडौं ।

गुगलले सेप्टेम्बर २७ बाट लागू हुनेगरी एन्ड्रोइड २.३.७ भर्सन भएका मोबाइल फोनहरुमा साइन इन गर्ने नमिल्ने बनाउने भएको छ।

गुगलले यो घोषणा गत हप्ता गरेको र यस अनुसार आगामी सेप्टेम्बर २७ पछि जिन्जरब्रेड वा त्योभन्दा तल्लो भर्सनका एन्ड्रोइडयुक्त डिभाइसमा लग इन गर्न खोज्दा यूजरनेम वा पासवर्डमा समस्या आएको देखाउन सक्ने बुझिएको छ।

एन्ड्रोइड २.३ जिन्जरब्रेड सन् २०१० डिसेम्बरमा सार्वजनिक भएको थियो। सामान्यतया ११ वर्ष पुरानो भर्सनको अपरेटिङ सिस्टम चलाइरहेन यूजरहरु विरलै देख्न पाइन्छ। तर जस्ले एन्ड्रोइड २.३.७ चलाउँदैछन् उनीहरुका लागि भने यो समस्याको विषय हुन सक्छ।

एन्ड्रोइड २.३.७ मा लग इन कसरी गर्ने त?

सम्भव भए एन्ड्रोइड ३.० त्योभन्दामाथि  अपडेट गर्ने

यदि तपाईँसँग एन्ड्रोइड २.३.७ वा त्यो भन्दा तलको अपरेटिङ सिस्टम छ भने यसलाई सम्भव भएसम्म एन्ड्रोइड ३ वा त्योभन्दा माथिको भर्सनमा अपडेट गर्नु सबैभन्दा उत्तम हुन्छ। यसो गर्दा जीमेल, यूट्युब तथा म्यापमा साइन इन गरेर चलाउन सकिन्छ।

सकिन्छ भने नयाँ डिभाइस लिने

नयाँ डिभाइस लिँदा सामान्यतया अपरेटिङ सिस्टमका नयाँ भर्सन पाइन्छ जसमा यो समस्या रहँदैन।

गुगलले यो नियम लागू भएपछि लग इनलगायतमा आउन सक्ने र त्यति बेला अपनाउन सकिने उपायहरु सुझाएको छ:

१. डिभाइसलाई फ्याक्ट्रि रिसेट गरेर साइन इन गर्ने प्रयास गर्ने

२. आफ्ना डिभाइसको पासवर्ड परिवर्तन गर्ने,

३. आफ्नो डिभाइसबाट एकाउन्ट हटाएर फेरि एड गर्ने

४. उक्त डिभाइसमा एउटा एकाउन्ट सिर्जना गर्ने

Global Bank
easy care

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार