टेलिकम कम्पनी भोडाफोन आइडियाबाट बिर्लाले हात उठाए, भारतीय सरकारसँग हारगुहार माग्दै

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

टेलिकम कम्पनी भोडाफोन आइडियाबाट बिर्लाले हात उठाए, भारतीय सरकारसँग हारगुहार माग्दै

काठमाडौं ।

भारतीय टेलिकम कम्पनी भोडाफोन आइडिया हाल निकै समस्यामा छ । आदित्य बिर्ला समूहका अध्यक्ष कुमार मंगलम बिर्लाले भारी मात्रामा ऋणमा फसेको भोडाफोन आइडिया लिमिटेडबाट हात उठाएका छन्।

उनीहरु कम्पनीमा आफ्नो प्रबर्द्धक शेयर त्याग्न समेत तयार भएका छन्।उनी कम्पनीको अस्तित्व बचाउन कुनै सरकारी वा घरेलु वित्तीय कम्पनीलाई आफ्नो हिस्सेदारी दिन तयार भएको सरकारलाई बताएका छन्।

क्याबिनेट सचिव राजीव गौबालाई जुन ७ मा लेखेको पत्रमा उनले कम्पनीमा आफ्नो नियन्त्रण छोड्न पनि तयार रहेको बताएका हुन् ।

उद्योगपति बिर्लाले तनावग्रस्त अवस्थामा रहेको दूरसञ्चार कम्पनीलाई जीवित राख्न कुनै पनि सरकारी वा घरेलु वित्तीय संस्थालाई भोडाफोन आइडिया लिमिटेडमा रहेको आफ्नो समूहको २७ प्रतिशत शेयर अर्थात ६,४०१ करोड भारु प्रस्ताव गर्न इच्छुकता व्यक्त गरेका छन्।

“यो भोडाफोन आइडियाद्वारा जोडिएका २७ करोड भारतीयहरु प्रति कर्तव्यको भावना संगै छ, म कम्पनीमा मेरो हिस्सेदारी कुनै पनी संस्था/सार्वजनिक क्षेत्र/सरकार/घरेलु वित्तीय संस्था वा अरु कुनैलाई हस्तान्तरण गर्न इच्छुक छु, कम्पनीलाई निरन्तर सञ्चालनको रुपमा राख्न सरकारले जसलाई योग्य मान्न सक्छ।” बिर्लाले आफ्नो पत्रमा भनेका छन्।

यस्तो छ कारण

भोडाफोन आइडियाको ऋण विगत चार बर्षमा तीन गुणा भन्दा बढि भएको छ र मार्च २०२१ को अन्त्य सम्म १६ खर्ब भारु भएको छ, जुन आर्थिक वर्ष १६ मा  केबल  ३७,००० करोड भारु थियो। यस रकममा स्थगित स्पेक्ट्रम दायित्व र समायोजित सकल राजस्व (एजीआर) तिर्ने दायित्वहरु सामेल छन्।

कम्पनी को वर्तमान मार्केट क्याप रु २३,७०६.७० करोड छ। कम्पनीको खराब हालत देखेर दुबै प्रमोटरहरुले कम्पनीमा नयाँ लगानी नगर्ने निर्णय गरेका छन्। भोडाफोनले पहिले नै कम्पनीमा आफ्नो सम्पूर्ण लगानी बन्द गरीसकेको छ। भोडाफोन इण्डियामा करिब १.८ लाख करोड भारु ऋण छ।

भोडाफोन आइडियामा बिर्लाका साथै बेलायती कम्पनी भोडाफोन पिएलसीको ४४ प्रतिशत शेयर हिस्सा छ। भोडाफोन पीएलसी र आइडियाको मर्जर अगस्त २०१८ मा सम्पन्न भएको थियो। त्यतिबेला कम्पनीको मूल्यांकन १.५५ लाख करोड रुपैयाँ अनुमान गरिएको थियो, जुन अब ८५ प्रतिशतले घटेको छ।

कम्पनीको बोर्डले सेप्टेम्बर २०२० मा २५ हजार करोड भारु पूँजी जुटाउने अनुमोदन गरेको थियो, तर सरकारी सहयोग बिना लगानीकर्ताहरु कम्पनीलाई पैसा दिन तयार छैनन्। वास्तवमा, यो स्थिति लाइसेन्स शुल्क र स्पेक्ट्रम उपयोग शुल्कको परिभाषित विवादबाट उत्पन्न भएको हो।

अपरेटरहरु चाहन्थे कि केवल आवश्यक दूरसञ्चार सम्बन्धित सेवाहरुबाट गरिएको कमाई मात्र साझा गरिनुपर्छ। जबकि, भारत सरकार भाडा, लाभांश, ब्याज र अचल सम्पत्तिको बिक्रीबाट हुने कमाई जस्ता सबैमा एक हिस्सा चाहन्छ। २०१९ मा भारतको सर्वोच्च अदालतले सरकारको मागलाई समर्थनसहित आदेश दिएको थियो ।

बाँकी बक्यौता

भोडाफोन आइडियाले भारती एयरटेलको साथमा समायोजित सकल राजस्व (एजीआर) को पुनः गणना गर्न सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर अदालतले केहि साता अघि त्यसमा आदेश दिन अस्वीकार गरेको थियो।

कम्पनीको रु ५८,२५४ करोड भारुको एजीआर बक्यौता छ। यस मध्येबाट कम्पनीले ७,८५४ करोड भारु तिरेको छ। ५०,४०० करोड भारु बाँकी छ।

कम्पनी रिलायन्स जियो इन्फोकमसँग बजार प्रतिस्पर्धा र न्यून डाटा दरको कारण बाँच्न संघर्ष गरीरहेको छ। कम्पनीले तीन बर्षमा ४० करोड ग्राहकहरु मध्ये एक तिहाई गुमाई सकेको छ।

विज्ञहरुका अनुसार जबसम्म जियोले बजार मूल्यमा हावी हुन डाटाको मूल्य कम राख्छ, बाँकी कम्पनीहरुको लागी अर्थव्यवस्थामा सुधारको धेरै आशा छैन।

विश्लेषकहरुका अनुसार वीआईएल घाटाले बिर्लालाई कम्पनीमा थप लगानी गर्न सचेत गराउने गरी समूहको वित्तीय ह्रास हुन सक्छ। उनीहरुकाअनुसार यो समूहको लागी भोडाफोन आइडियामा आफ्नो घाटा कटौती गर्न र समूहको पूँजी लगानी सीमेन्ट, धातु, वित्तीय सेवाहरु, फेसन र रिटेलको रूपमा लाभदायक व्यवसायहरुको लागी पुनःर्निर्देशित गर्नु राम्रो हो।

बिर्लाहरुको दूरसञ्चारमा प्रवेश १९९५ मा भएको हो-संयोगवश उही वर्ष जब कुमार मंगलमले आफ्नो बुबाको मृत्युपछि कम्पनीको नेतृत्व सम्हाले। आइडिया सेलुलर २००२ मा आएको थियो र २०१७ मा यसलाई २३ बिलियन डलर को सम्झौताका साथ भोडाफोनसंग मर्ज गरियो । भोडाफोन आइडियाको मर्जर अगस्त २०१८ मा सम्पन्न भएको थियो। एजेन्सीहरु

Global Bank
easy care

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

ताजा समाचार