रियलमी ८एस को डिजाइन र विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

रियलमी ८एस को डिजाइन र विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीको आउँदै गरेको रियलमी ८एस स्मार्टफोनको विवरण लीक भएको छ।

यसअघि चिनियाँ बजारमा रियलमी ८, रियलमी ८ फाइभजी तथा रियलमी ८ प्रो बजारमा ल्याइसकेको कम्पनीले यही लहरमा नयाँ रियलमी ८ एस थप्ने भएको हो।

नयाँ आउने लाइनअपमा रियलमी ८ एस तथा रियलमी ८ आई रहनेछ। यसमध्ये रियलमी ८ आईको विवरण यसअघि नै सार्वजनिक भइसकेका छन् भने अहिले रियलमी ८एस का केही मुख्य फिचर बाहिर आएका हुन्।

९१मोबाइल्सले शेयर गरेको पोस्ट अनुसार रियलमी ८एसको पछाडिको डिजाइन केही फरक खालको हुनेछ।

यसमा माथिदेखि तलसम्म फैलिएको आयताकार क्वाड क्यामरा सेटअप रहनेछ र सानो एलईडी फ्ल्याश पनि रहनेछ।

यसमा पछाडि ६४ तथा अगाडि १६ मेगापिक्सेलको क्यामरा रहने बताइएको छ। यस डिभाइसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्चको फुल एचडी डिस्प्ले रहनेछ।

मिडियाटेकको डाइमेन्सिटी ८१० चिपसेटका साथमा ६/८ जीबी र्याम तथा १२८/२५६ जीबी आन्तरिक स्टोरेज अप्शनमा आउने यो स्मार्टफोनमा ५ जीबीसम्म भर्चुअल र्याम थप्न सकिने बताइएको छ।

पावरका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री रहने यो डिभाइसमा एन्ड्रोइड ११ मा आधारित रियलमी यूआई २.० रहने अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

Loading...