अनलाइन गेम फ्रि फायर बिरुद्ध आत्महत्या दूरुत्साहनको विषयमा भारतमा मुद्दा दायर

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

अनलाइन गेम फ्रि फायर बिरुद्ध आत्महत्या दूरुत्साहनको विषयमा भारतमा मुद्दा दायर

काठमाडौं ।

छिमेकी देश भारतमा अनलाइन गेम फ्रि फायरबिरुद्ध मुद्धा दायर गरिएको छ । गत हप्ता मध्य प्रदेशको छतरपुर जिल्लामा एक १३ वर्षीय बालकले फ्रि फायर गेममा ४० हजार भारु गुमाएर आत्महत्या गरेका थिए।

अब मध्य प्रदेश सरकारले यो अनलाइन ब्याटल रोयल गेमको विकासकर्ताको बिरुद्ध एक पुलिस मामिला दर्ता गरेको छ। राज्यका गृहमन्त्री नरोत्तम मिश्रले खेलको बिरूद्ध यस कारबाहीको बारेमा सोमबार जानकारी गराएको भारतीय मिडियाहरुले जनाएका छन् ।

मिश्राले भारतीय पत्रकारहरुलाई भनेका छन्, “फ्रि फायर खेलको लागी छतरपुरमा एक दुखद घटना भयो। एफआईआर यो खेल बनाएको कम्पनी विरुद्ध दर्ता गरिएको छ। राज्य भर पुलिस अधीक्षकहरलाई यस्तो नशाको लत लाग्ने खेलहरुको विकासकर्ताहरुलाई कारबाही गर्न निर्देशित गरीएको छ किनकि उनीहरुले युवा पुस्तालाई भ्रममा राखिरहेका छन् र उनीहरुको जीवनसंग खेलिरहेका छन्। हामीले त्यस्ता कम्पनीहरु बिरुद्ध कानुनी कारबाही गर्न कानूनी विभागबाट सल्लाह मागेका छौं।”

अघिल्लो शुक्रबार कक्षा ५ का एक विद्यार्थीले आत्महत्या गरेका थिए। बच्चाले सुसाइड नोटमा यो अनलाइन गेम फ्री फायरमा पैसा खर्च गर्थ्यो र उसले आफ्नी आमाको खाताबाट ४०,००० भारु निकालेर खेलमा खर्च गर्‍यो, जसका कारण उनी डिप्रेशनमा थिए र त्यसैले उनले यो कदम उठाएका हुन्।

कम्पनीको बिरुद्ध भारतीय दण्ड संहिताको धारा ३०५ (बच्चालाई आत्महत्या गर्न बाध्य पार्ने) को मातहत एक एफआईआर दर्ता गरिएको छ। यस मामलामा भारतको साइबर सेलको सहयोग सो वित्तीय लेनदेनको बारेमा लिईएको थियो ।

फ्रि फायर बनाउने सिंगापुरको कम्पनी १११ डट्स स्टूडियो हो । गारेना यो गेमको पब्लिसर रहेको छ। यो गेम २०१७ मा सार्वजनिक भएको थियो ।

Global Bank
easy care

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार