भाइबर/स्काइप जस्ता एपबाट मोबाइल तथा फिक्स लाइनमा फोनकल गर्नु गैरकानूनी, कारबाहीको चेतावनी

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

भाइबर/स्काइप जस्ता एपबाट मोबाइल तथा फिक्स लाइनमा फोनकल गर्नु गैरकानूनी, कारबाहीको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले एपबाट मोबाइल तथा फिक्स्ड लाइनमा फोनकल हुने गरेको भन्दै सो कार्य गैरकानूनी भएको स्पष्ट पारेको छ ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले भाइबर, स्काइप जस्ता विभिन्न एपहरुको रिचार्ज कार्डहरु बिक्री बितरण हुने गरेको र भाइबर आउट, स्काइप आउट जस्ता एप फिचर प्रयोग गरेर मोबाइल तथा ल्याण्डलाइनमा फोनकल गर्ने गरिएकोमा सबैलाई सचेत गराएको छ।

‘यसरी एपमार्फत नेपालका दूरसञ्चार सेवा प्रदायकहरुको मोबाइल नेटवर्क तथा ल्याण्डलाइन टेलिफोनमा कुराकानी हुने गरेको बुझिन आएकोलेयस प्रकारको कार्य दूरसञ्चार ऐन, नियम विपरितको कार्य भएकोले यस्तो कार्य नगर्न नगराउनुहुन,’ प्राधिकरणले सूचनामा भनेको छ ।

त्यसैगरि यस प्रकारका क्रियाकलाप गर्ने वा गराउनेलाई कानूनी कारबाहीको चेतावनी समेत दिएको छ।

TK Viber

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

Loading...