निजामती विद्यालयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

निजामती विद्यालयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन

काठमाडौं ।

कोरोना कहरका समयमा आफ्ना विद्यार्थीलाई धनकुटामा रहेको निजामती आवासीय माध्यमिक विद्यालयले निःशुल्क अनलाईन कक्षा सञ्चालन गरिरहेको छ ।

निजामती कर्मचारीका छोराछोरीलाई मुल रूपमा सहुलियत दरमा पठनपाठन गराउने लक्ष्यसहित २०७० सालमा स्थापित निजामती आवासीय विद्यालयले भौतिक रूपमा विद्यार्थी उपस्थित हुने अवस्था नआएसम्म निःशुल्क अनलाईन कक्षा सञ्चालन गर्ने जनाएको हो ।

निजामतीका कार्यरत तथा सेवा निवृत्त कर्मचारीका बालबच्चा, सर्वसाधारणका बाल बच्चासहित स्कुल कर्मचारीका बालबच्चा पठनपाठन गर्ने सो विद्यालयमा भौतिक रूपमा विद्यार्थी उपस्थित नहुँदा शुल्क नलिने निर्णय गरिएको प्रधानाध्यापक सुरेश काफ्ले जानकारी दिए ।उनका अनुसार पूर्ण तथा अर्ध आवासीय रूपमा विद्यार्थी पठनपाठन गर्ने सो विद्यालयमा एक पटक भर्ना भएपछि पुन भर्ना गर्नु नपर्ने व्यवस्था रहेको छ ।

निजामती कर्मचारीका सन्तति अलावा कोटामा सर्वसाधारणका बालबच्चा पठनपाठन गर्न पाउने सो विद्यालय भौतिक सुविधालाई मध्यनजर गर्दै सर्वसाधारण विद्यार्थीको पनि आकर्षण बढ्न थालेको छ ।

कोरोना कहरका कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर पठनपाठन गर्न नसकिने अवस्थालाई मध्यनजर गर्दै विद्यालयले नै शिक्षकलाई ल्यापटप उपलब्ध गराएर अनलाईन पठनपाठन व्यवस्थामा मिलाउँदै आएको जनाइएको छ।

सो विद्यालयमा राजपत्राङ्कित, राजपत्रअङ्कित कर्मचारीका सन्तति, सर्वसाधारण र विद्यालय कर्मचारीका बाल बालिकालाई आधार बनाएको शुल्क निर्धारण गरिएको छ । प्रदेश नम्बर १ सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद अन्र्तगत सञ्चालन भई रहेको सो विद्यालयमा कक्षा ५ देखि १० सम्म दुई सय विद्यार्थी अध्ययन गरिरहेका छन् । गोरखापत्र

easy care

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार