रेडमी नोट १० जापान एडिशन स्न्यापड्रागन ४८० र आईपी ६८ रेटिङ भएको सिरिजकै पहिलो सेट

Technology Khabar १९ श्रावण २०७८, मंगलवार

रेडमी नोट १० जापान एडिशन स्न्यापड्रागन ४८० र आईपी ६८ रेटिङ भएको सिरिजकै पहिलो सेट

काठमाडौं ।

केही महिनाअघि सार्वजनिक भएको शाओमीको रेडमी १० को हालै जापानी संस्करण रेडमी नोट १० जेई हालै सार्वजनिक गरिएको छ।

यो भेरियन्टमा यो सिरिजमै पहिलो पटक स्न्यापड्रागन ४८० चिपसेट राखिएको छ भने यसलाई एयू करियरमार्फत् बिक्री गरिने बुझिएको छ।

नोट १० मा थुप्रै चिपसेटहरु प्रयोग भए। तीमध्ये स्न्यापड्रागन ४८० सबैभन्दा कम शक्तिशाली हो तर यसमा फाइभजी सपोर्ट गर्ने र सस्तो भएकाले चर्चामा आएको छ।

यो भर्सनमा जापानमा चर्चित मोबाइल भुक्तानी प्रणाली फेलिका/ओसाइफू-केइताइ उपलब्ध छ। साथै यो सिरिजमा पहिलोपल्ट आईपी६८ रेटिङ फिचर राखिएको छ।

यसमा एउटा मात्र सिम लाग्छ तर  भोल्टे र फाइभजी सपोर्ट गर्छ। यसमा ४ जीबी र्याम तथा एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १२.५ दिइएको छ।

यसबाहेक यसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्च एलसीडी डिस्प्ले राखिएको छ भने ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप उपलब्ध छ। सेल्फीका लागि ८ मेगापिक्सेलको शूटर राखिएको छ।

यसलाई पावर दिनका लागि १८ वाट फास्ट चार्जिङसहित ४८०० एमएएच क्षमताको ब्याट्री राखिएको छ। यो फोन जापानमा आगामी अगस्ट १३ बाट उपलब्ध हुने जनाइएको छ।

Global Bank
easy care

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार