टेस्लाले मोडल एसको ब्याट्रीमा आएको समस्यासम्बन्धी विवाद सुल्झाउन १५ लाख डलर तिर्ने

Technology Khabar १८ श्रावण २०७८, सोमबार

टेस्लाले मोडल एसको ब्याट्रीमा आएको समस्यासम्बन्धी विवाद सुल्झाउन १५ लाख डलर तिर्ने

काठमाडौं ।

सन् २०१९ मा टेस्लाले हङकङको पार्किङ स्थालमा गाडीमा आगो लागेपछि मोडल एस सेडानमा ओभर द एयर अपडेट जारी गरेको थियो।

सीएनबीसीमा आएको एक जानकारी अनुसार अहिले ‘चार्ज एन्ड थर्मल म्यानेजमेन्ट सेटिङ्स’ नामको यसै प्रकारको अपडेट मोडल एस तथा मोडल एक्समा दोहोरिने भएको छ। यसको उद्देश्य ब्याट्रीको दिगोपनामा सुधार ल्याउन तथा ब्याट्रीलाई जोगाउन रहेको बुझिएको छ।

केही मोडल एसका ग्राहकले अपडेटपछि ब्याट्रीमा धेरै भोल्टेज उत्पन्न भएकाले आफूहरुले टेस्लालाई अदालतसम्म लानुपरेको दावी गरेका छन्।

यसै विवाद सुल्झाउन टेस्लाले उजुरीकर्ताहरुलाई १५ लाख डलर तिर्ने भएको हो।

रोयटर्सका अनुसार अदालतले उक्त सफ्टवयर अपडेटबाट अमेरिकामा १ हजार ७४३ मोडल एस गाडीमा समस्या उत्पन्न भएको थियो।

भोल्टेज लिमिटेशन अस्थायी भए पनि उजुरीकर्ताहरुले ३ महिनापछि १० प्रतिशत ब्याट्री घटेको र ७ महिनासम्म ७ प्रतिशतले घट्ने क्रम जारी रहेको अनुभव गरेको उक्त मुद्दाका वकिलले बताए।

टेस्लाले अन्तिम अपडेट सन् २०२० मा ल्याएको थियो जसले समस्या पुरै समाधान गरेको थियो। अहिले समस्या परेका १५५२ गाडीको ब्याट्रीमा अधिकतम भोल्टेज जम्मा गराएका थिए भने ५७ ओटाले ब्याट्री नै फेरेका थिए।

विवाद मिलान दस्तावेजमा कुनै गाडीमा अझै समस्या भएमा आउँदा दिनमा अधिकतम भोल्टेज रिस्टोर गरिने उल्लेख छ।

टेस्ला १५ लाख डलर तिर्न सहमत भए पनि त्यसको ठूलो हिस्सा भने वकिलको शुल्कमा जाने बुझिएको छ। गाडी धनीहरुले जनही ६२५ डलर मात्र हात पार्नेछन्।

Global Bank
easy care

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

ताजा समाचार