लेभल ४ स्मार्ट एसयूभी निर्माणका लागि ह्वावे र जीएसी मोटरबीच साझेदारी

Technology Khabar १८ श्रावण २०७८, सोमबार

लेभल ४ स्मार्ट एसयूभी निर्माणका लागि ह्वावे र जीएसी मोटरबीच साझेदारी

काठमाडौं ।

चिनियाँ अटो निर्माता जीएसी ग्रुप तथा टेक जायन्ट ह्वावेबीच स्मार्ट एसयूभी निर्माणका लागि साझेदारी भएको छ।

सन् २०२३ भित्र लेभल ४ स्मार्टफोन बजारमा उतार्ने लक्ष्यसहित यी दुईबीच साझेदारी भएको बुझिएको छ।

दुई संस्थाबीचको पहिलो साझा उत्पादनाका नामले चिनिने यो विद्युतीय सवारी लेभल ४ को स्वायत्ततासहितको हुने र यसमा उत्साहजनक नयाँ उर्जा क्षमता रहने बताइएको छ।

यसमा जीएसीले गाडीको च्यासिस  उपलब्ध गराउनेछ भने ह्वावेले यसका लागि आवश्यक सबै कम्प्युटिङ र सञ्चारसम्बन्धी अवयवहरु उपलब्ध गराउनेछ। यी दुवै मिलेर विद्युतीय सवारीका ८ मोडल तथा थुप्रै सिरिजहरु ल्याउने योजना बनाएका छन्।

गएको जुनमा जीएसी, ह्वावे र डीडीले सबै मिलेर स्रोतसाधन, डाटा तथा वैज्ञानिक अनुसन्धानका बीच समन्वय गर्ने बताएका थिए।

‘जीएसीले हाल ह्वावे र डीडीसँग मिलेर गरिरहेको एउटा उत्साहजनक परियोजना लेभल ४ स्वायत्त सवारी हो जुन लगभग पूर्णरुपमा मानवीय सहयोग बिना नै चल्न सक्छ। हालका ड्राइभरको सहयोगमा चल्ने संयन्त्रलाई लेभल २ स्वायत्तता भनिन्छ’, तीनै संस्थाको भनाइ छ।

‘तीन वटै संस्थाबाट स्रोतसाधन एकमुष्ट गरेपछि जीएसीको डिजाइन तथा उत्पादन क्षमता तथा डीडी र ह्वावेको स्वचालित सफ्टवयरिसहितको लेभल ४ अटोनोमीयुक्त विद्युती कार सन् २०२४ भित्रमा बृहत् उत्पादनमा जाने योजना छ। डीडीको इन्टेलिजेन्ट हार्डवयर प्लेटफर्म, डीडी जेमिनिको प्रविधि यस अघि नै थुप्रै बहुराष्ट्रिय कार कम्पनीहरुद्वारा परिक्षण गरिसकिएको छ,’ उनीहरुले थपेका छन्।

डीडीका संस्थापक चेङ वेइले यस अघि नै सन् २०२५ भित्रमा १० लाख स्वायत्त सवारी बनाइसक्ने कम्पनीको लक्ष्य रहेको बताएका थिए।

Global Bank
easy care

प्रकाशित: १८ श्रावण २०७८, सोमबार