ज्याक डोर्सीको स्क्वायरद्वारा अस्ट्रेलियन ‘आफ्टरपे’ २९ अर्ब डलरमा खरिद

Technology Khabar १८ श्रावण २०७८, सोमबार

ज्याक डोर्सीको स्क्वायरद्वारा अस्ट्रेलियन ‘आफ्टरपे’ २९ अर्ब डलरमा खरिद

ट्विटरका सह संस्थापक ज्याक डोर्सीको भुक्तानी फर्म स्क्वायरले बाइ नाउ पे आफ्टर कम्पनी आफ्टरपेलाई २९ अर्ब डलर तिरेर खरिद गरेको छ।

यो अस्ट्रेलियाली कम्पनी किनेपछि स्क्वायर आफूलाई विश्वव्यापी कारोबार जायन्टका रुपमा उभ्याउन सफल भएको छ।

यो कम्पनीले व्यापारीहरुबाट शुल्क उठाएर साना प्वाइन्ट अफ सेललाई ऋण दिने र ती ब्यापारीले उपभोक्तालाई ब्याजरहित किस्ताबन्दीमा तिर्ने गरी सामान उपलब्ध गराउने व्यापार मोडलमा काम गर्ने गर्छ।

यो किनबेचले सन् २०२० मा शेयर मूल्य १० अस्ट्रेलियन डलरभन्दा तल रहेको आफ्टरपेको त्यसपछि कोरोनाकालमा उचालिएको दोडमा पनि अंकुश लगाउने देखिन्छ।

स्क्वायरले कम्पनीको सबै स्टक सहित खरिद गर्ने भएकाले यसको शेयरको मूल्य १२६.२१ रहने संयुक्त विज्ञप्तिमा दुवै कम्पनीले भनेका छन। यसको मतलब आफ्टरपेका सह संस्थापकद्वय एन्टोनी एइसन र निक मोनरलाई जनही २ अर्ब ४६ करोड डलर हातमा पर्ने देखिन्छ।

आफ्टरपेको ५ प्रतिशत स्टेकका लागि ३० करोड अस्ट्रेलियन डलर तिरेको चीनको टेन्सेन्टले १ अर्ब ७० करोड डलर हात पार्ने भएको छ।

‘हामीले यो बिजनेस मोडल वित्तीय प्रणालीलाई अझ निष्पक्ष, पहुँचयोग्य तथा समावेशी बनाउनका लागि शुरु गरेका हो र आफ्टरपेले पनि आफूलाई त्यही सिद्धान्तमा रहेर एउटा विश्वासिलो ब्रान्डका रुपमा स्थापित गरेको छ’, डोर्सीले विज्ञप्तिमा भनेका छन्।

उनले दुई संस्था आपसमा मिलेपछि शक्ति उनीहरुकै हातमा दिएर व्यापारी र उपभोक्तालाई अझ बढी भरपर्दो उत्पादन तथा सेवा प्रदान गर्न आफ्ना इकोसिस्टमलाई अझ राम्ररी जोड्न सकिने उनको भनाइ थियो।

आफ्टरपेका संस्थापकहरुले उक्त सम्झाैता अस्ट्रेलियाली प्रविधि क्षेत्रको एउटा महत्वपूर्ण मूल्यांकन भएको र स्थानीय इनोभेसनलाई विश्वभरमा बाँड्नका लागि कोशेढुंगो भएको बताएका छन्।

TK Viber

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

Loading...