सामसङ ग्यालेक्सी एस२२ सिरिजमा ५० एमपी आरजीबीडब्लू सेन्सर रहने

Technology Khabar १८ श्रावण २०७८, सोमबार

सामसङ ग्यालेक्सी एस२२ सिरिजमा ५० एमपी आरजीबीडब्लू सेन्सर रहने

सामसङले आफ्नो आउँदो वर्ष सार्वजनिक हुने नेक्स्ट जेनेरेशन ग्यालेक्सी एस सिरिजको अत्याधुनिक भर्सन ग्यालेक्सी एस२२ लाइनअपमा ५० मेगापिक्सेलको आरजीबीडब्लू क्यामरा सेन्सर राख्ने भएको छ।

यसको आधिकारिक रुपमा सार्वजनिक हुन थुप्रै समय भएकाले अन्य स्पेसिफिकेशनहरु समयक्रममा आउँदै गर्ने अपेक्षा गर्न सकिन्छ।

तर हालै योगेश नामका एङ्क टिपस्टरले लीक गरेको विवरणमा सामसङ ग्यालेक्सी एस२२ सिरिज तथा अन्य केही गैर सामसङ स्मार्टफोनहरुमा पनि नयाँ ५० मेगापिक्सेलको आरजीबीडब्लू क्यामरा सेन्सर रहने उल्लेख गरिएको छ।

यस्तै आइस यूनिभर्सले भने सामसङले शुरुमा २०० मेगापिक्सेलको क्यामरा सेन्सर सार्वजनिक गर्ने र त्यसको अर्को महिना मात्रै ५० मेगापिक्सेलको आरजीबीडब्लू क्यामरा सेन्सर ल्याउने दावी गरेका छन्।

यसअघि ग्यालेक्सी एस२२ अल्ट्रामा १०८ मेगापिक्सेलको सेन्सर रहने पनि बताइएको थियो। तर रिपोर्टमा भने उक्त सेटमा २०० मेगापिक्सेलको मुख्यसहित पाँच ओटा क्यामराको सेटअप रहने उल्लेख छ।

२०० मेगापिक्सेलको उक्त सेन्सर जापानी कम्पनी ओलम्पससँगको सहकार्यमा निर्माण भइरहेको बताइएको छ।

TK Viber

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

Loading...