जाजरकोटमा एक महिनादेखि सञ्चार सुविधा अवरुद्ध

Technology Khabar १८ श्रावण २०७८, सोमबार

जाजरकोटमा एक महिनादेखि सञ्चार सुविधा अवरुद्ध
सांकेतिक

जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकमले नियमित रूपमा टावर र बीटीएसहरूको मर्मत नगर्दा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् ।

सदरमुकाम खलङ्गाका सेवाग्राहीसमेत मोबाइल नेटवर्क गइरहने समस्याले पीडित बनेका छन् । इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह पनि प्रभावित भइरहेको छ ।

खलङ्गास्थित थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायतका टोलमा नेपाल टेलिकमको मोबाइल सेवामा गतिलो पहुँच छैन ।कुशे–८, लाँताचुलीमा स्काई मोबाइल टावर मर्मत नहुँदा र नयाँ टावर निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । लाँताचुली टावरमा पावरको समस्या हुँदा मोबाइल सेवा अवरुद्ध भएको हो ।

टेलिकमको टावरबाट एक/डेढ किलोमिटर दूरीमा पनि नेटवर्क नहुने समस्या रहेको स्थानीय बासिन्दा प्रेम विकले बताए।

मोबाइल नेटवर्क नहुँदा कुशेका बासिन्दा सञ्चार सुविधाविहीन भएको स्थानीय बासिन्दा अमृत गौतमले बताए । “फोन सम्पर्क गर्न दुई घण्टा पैदलै हिँडेर अग्लो डाँडामा पुग्नुपर्ने बाध्यता छ। हामीले फोन गर्नका लागि निकै सास्ती भोगेका छौँ,”अमृत गौतमले भने ।

उनका अनुसार टेलिफोन सेवा नहुँदा विभिन्न सरकारी सेवामा समेत समस्या भएको छ ।

कुशे –८, थलीमा निर्माणाधीन टावर पाँच वर्षदेखि अलपत्र हुँदा स्थानीयले फोनकै लागि सास्ती भोगिरहेका छन् । लाँताचुली टावरमा सोलार ब्याट्रीले काम नगर्दा मोबाइल सेवा सञ्चालन गर्न समस्या भएको स्थानीयवासीको भनाइ छ ।

टेलिकम कार्यालय जाजरकोटका प्रमुख गोपेन्द्र अधिकारीका अनुसार लाँताचुलीको स्काई मोबाइल टावर मर्मत नभएसम्म कुशेमा फोन सेवा सञ्चालन हुन समस्या छ । स्वास्थ्य एकाइ बन्द हुँदा बिरामी मर्कामाथलीमा टावर निर्माणका लागि पुरानो ठेक्का तोडेर नयाँ ठेकेदारलाई जिम्मा दिइएको छ। छ महिनाभित्र टावर निर्माण गर्ने गरी ठेकेदारले सम्झौता गरेका छन् ।

पैङ्क प्रहरी चौकीका इन्चार्ज गङ्गाबहादुर चन्दले टेलिफोन अभावका कारण प्रहरीलाई सूचना सञ्चार गर्न निकै समस्या परेको बताए ।टेलिफोन सेवा अवरुद्ध भएको एक महिना हुदाँ पनि गाउँपालिकाले टावर सञ्चालनका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । गोरखापत्र

TK Viber

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

Loading...