शाओमी विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता: आईडीसी रिपोर्ट

Technology Khabar १८ श्रावण २०७८, सोमबार

शाओमी विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता: आईडीसी रिपोर्ट

आईडीसीको जुलाइ महिनाको रिपोर्ट अनुसार शाओमी बजार हिस्साका हिसाबले विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक भएको छ।

सम्बन्धित समाचार

शाओमी एप्पललाई उछिन्दै सर्वाधिक स्मार्टफोन बिक्री गर्ने दोस्रो ब्राण्ड बन्यो

केही समयअघि चिनियाँ कम्पनी शाओमी यो जुलाइ महिनामा एप्पललाई उछिन्दै विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता बनेको क्यानालिसिस रिपोर्टमा उल्लेख गरेको थियो। अहिले भने अर्को अनुसन्धान संस्था आईडीसीले अन्य चरहरुको आधारमा अध्ययन गर्दा उस्तै नतिजा पाएको हो।

आईडीसीको रिपोर्टमा यो वर्षको दोस्रो त्रैमासमा बिक्री संख्या, बजार हिस्सा तथा वार्षिक वृद्धिदरका आधारमा अग्रणी सूचीमा पर्न सफल विश्वका सबैभन्दा ठूला ५ कम्पनीहरुको नाम सूचीकृत छ।

यो सूचीमा ५ करवड ९० लाख थान बिक्री र १८.८ प्रतिशत बजार हिस्साका साथ सामसङ पहिलो नम्बरमा छ। यद्यपि उसको बजार हिस्सा १९.५ बाट झरेर १८.८ मा आइपुगेको छ भने  बिक्री ४० लाख थानले बढेको छ।

दोस्रो नम्बरमा परेको शाओमीले यो अवधिमा ५ करोड ३१ लाख थान फोन बिक्री गर्दै १६.९ प्रतिशत बजार हिस्सा ओगटेको देखिन्छ।

गत वर्ष २ करोड ८५ लाख थान बेचेर १०.३ प्रतिशत बजार हिस्सा ओगटेको यो कम्पनीको वार्षिक वृद्धिमा छलाङ हो। आईडीसीले तुलनात्मक रुपमा यो अवधिमा कम्पनीको वृद्धि ८६.६ प्रतिशत रहेको देखाएको छ।

तेस्रो नम्बरमा पुगेको एप्पलले यो अवधिमा ४ करोड ४२ लाख थान बिक्री गर्दै १४.१ प्रतिशत बजार कब्जा गरेको छ।

यस्तै ३ करोड २८ लाख तथा ३ करोड १६ लाख थान बिक्रीका साथमा १०.५ र १०.१ प्रतिशत बजार हिस्सा ओगटेका एकै कम्पनी अन्तर्गताका दुई चिनियाँ ब्रान्ड क्रमश: ओपो र भिभो दुवै आफ्ना अघिल्ला आकडाका हिसाबले ३३.७ प्रतिशत वृद्धि गर्दै चोथो र पाँचो स्थानमा रहेका छन्।

TK Viber

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

Loading...