आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई के हो?

Technology Khabar १७ श्रावण २०७८, आईतवार

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई के हो?
Global IME Bank

काठमाडौं ।

सन् १९५० को दशकमा दूरसञ्चार र प्रविधि क्षेत्रका दिग्गज मिन्स्की तथा म्याक्कार्थीले आर्टिफिसियल इन्टेलिजेन्सलाई मेशिनले गर्ने कुनै पनि काम जसलाई पूरा गर्न कुनै बेला मानवीय विद्वताको आवश्यकता पर्ने बुझिन्थ्यो भनेर परिभाषित गरेका छन्।

यो एक हिसाबले एउटा बृहत् परिभाषा हो जसका कारण कहिलेकाहीँ कुनै पनि कुरा पूर्ण रुपमा आर्टिफिसियल इन्टेलिजेन्स हो वा होइन भनेर खुट्याउन गाह्रो पर्छ।

इन्टेलिजेन्स अर्थात् विद्वता सिर्जना गर्नु भन्नाले केलाई जनाउँछ भन्ने कुराको आधुनिक परिभाषा भने निश्चित छ।

गुगलका एआई अनुसन्धाता तथा मेशिन लर्निङ सफ्टवयर लाइब्रेरी केरसका सर्जक फ्रान्स्वा चोलेटले विद्वतालाई कुनै पनि एउटा प्रणालीको नयाँ वातावरणलाई ग्रहण गर्ने र त्यसमा सुधार गर्ने, यसको ज्ञानलाई सामान्इकरण गर्ने साथै यसलाई अन्य अपरिचित परिस्थितिमा प्रयोग गर्ने खुबी सँग बाँधिएको हुने भनेर परिभाषित गरेका छन्।

‘इन्टेलिजेन्स एउटा क्षमता हो जसबाट यस अघि तयारी नगरिएको काममार्फत् नयाँ दक्षता हासिल गर्न सकिन्छ’, उनले भने।

यो परिभाषाको आधारमा हेर्दा भर्चुअल असिस्टेन्टजस्ता आधुनिक एआईमा आधारित सिस्टमहरुले अहिलेसम्म थोरै मात्रामा मात्र एआईको क्षमता प्रदर्शन गरेको बुझिन्छ। यस्ता प्रणालीले आफ्ना तालिमलाई स्पीच रिकग्निशन तथा कम्प्युटर भिजनजस्ता सीमित क्षेत्रमा मात्र प्रयोग गरेकाले यिनीहरुलाई न्यारो एआईका रुपमा बुझिनुपर्ने यो परिभाषाले जनाउँछ।

सामन्यतया: एआईले मानवीय विद्वतासँग जोडिएका निम्नमध्ये कमसेकम केही व्यवहार हरु देखाउने गर्छ: योजना तर्जुमा, सिकाइ, तर्क क्षमता, समस्या समाधान, ज्ञानको प्रतिनिधित्व, दृष्टिकोण, चाल तथा छेडछाड र केही मात्रामा सामाजिक विद्वता तथा सिर्जनशीलता।

Sajilo Visa

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार