रियलमी ब्राण्डका लागि नेपालको आधिकारिक बितरकमा शंकर ग्रुप नियुक्त

Technology Khabar १७ श्रावण २०७८, आईतवार

रियलमी ब्राण्डका लागि नेपालको आधिकारिक बितरकमा शंकर ग्रुप नियुक्त

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले नेपालका लागि आधिकारिक बितरकको रुपमा शंकर ग्रुपलाई नियुक्त गरेको छ।

रियलमीको लागी नेपालमा राष्ट्रिय बितरक भएको शंकर ग्रुपले आज एक कार्यक्रमका बिच देशभर रियलमीलाई आक्रमकरुपमा बिस्तार गर्ने जनाएको छ।ग्रुपले एक कार्यक्रम आयोजना गरि अब देशभर रियलमी ब्राण्ड पुर्याउने बतायो।

सो कार्यक्रममा बोल्दै रियलमीका उपाध्यक्ष माधव शेठले रियलमीका लागि नेपाल नयाँ बजार भएको भन्दै आक्रामकरुपमा उपस्थित हुने बताए।

‘रियलमीले भारतमा ठूलो सफलता पाएको छ। हामी नेपाली बजारमा पनि रियलमीलाई आगामी ६ महिनाभित्र प्रमुख तीन ब्राण्डमा पुर्याउनेछौं। यसले बजारमा डिजाइन, कार्यक्षमता र गुणस्तरमा ध्यान दिएर उत्पादनहरु ल्याउने छ।

उनकाअनुसार आगामी ६ महिनामा ससक्तरुपमा रियलमी ब्राण्डले काम गर्नेछ । कम्पनीले आगामी दिनमा सबै सेगमेन्ट र मोडलका फोनहरु बजारमा उतार्ने उनले जानकारी दिए ।

‘विश्वभर यो तिब्रगतिमा बिस्तार भईरहेको ब्राण्ड बनेको छ। र यहाँ पनि तिब्र बिस्तार गर्दै नेपालमा अन्य उत्पादनहरु पनि लन्च गर्नेछौं,’ शेठले भने ।

कम्पनीले विशेषगरि ५जी फोनलाई सस्तो मूल्यमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले रियलमीले कम्पनीलाई विश्वास गरेको र रियलमीसँग साझेदारी गर्न पाउँदा गौरवको अनुभूति गरिरहेको बताए।

हाल नेपाली बजारमा रियलमीले स्मार्टफोन र इयर बड्स उपलब्ध गराईरहेको छ।

यसअघि पनि विदेशबाट आयात तथा बिक्री गरिरहेको शंकर ग्रुपले रियलमी ब्राण्डका लागि मुरारका ग्रुपसँग प्रतिस्पर्धा गरिरहेको थियो।

पशुपति ट्रेडलिंकले विभिन्न मोडलहरु लन्च गरेको थियो ।

सम्बन्धित समाचार-

रियलमीको नयाँ स्मार्टफोन रियलमी सी २ र रियलमी ५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषताहरु

मुरारका ग्रुप अन्तरगतको पशुपति ट्रेडलिंक र शंकर ग्रुपको जगदम्बा मोबाइलबिच विवाद हुँदा रियलमी ब्राण्ड खोसाखोसमा परेको थियो।

सम्बन्धित समाचार-

रियलमी स्मार्टफोन ब्राण्ड कब्जामा पार्न दुई ठूला व्यवसायिक घरानाबिच चर्को प्रतिस्पर्धा

तर अब भने पूर्णरुपमा जगदम्बा मोबाइलले देशभर रियलमीको ब्राण्ड बिस्तार तथा बिक्री गर्ने भएको छ। यसले छिटै नयाँ अफरहरु समेत ल्याउने जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १७ श्रावण २०७८, आईतवार