वनप्लस अमेरिकामा २०२१ मा हालसम्मकै सबैभन्दा छिटो प्रगति गर्ने ब्रान्ड

Technology Khabar १७ श्रावण २०७८, आईतवार

वनप्लस अमेरिकामा २०२१ मा हालसम्मकै सबैभन्दा छिटो प्रगति गर्ने ब्रान्ड

चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लस यो वर्ष अमेरिकामा सबैभन्दा छिटो व्यापार प्रगति गर्नेमध्ये अग्रणी स्थानमा आएको छ।

नर्ड लाइनअप सार्वजनिक गरेपछि यसले भारत र यूरोपेली देशमा समेत द्रुतरुपमा नयाँ बजार विस्तार गर्न सफल भएको थियो।

यसै समयमा कम्पनीले चिनियाँ उत्पादकहरुका लागि निकै गाह्रो मानिएको अमेरिकामा भने ब्रान्ड सचेतना फैलाउन सफल भएको छ।

कम्पनीले हालै आफ्नो वृद्धि आँकडामा देखिएको बताएको छ। यो वर्षको पूर्वार्द्धमा वनप्लस स्मार्टफोनको विश्वव्यापी वृद्धि गत वर्षको सोही अवधिको तुलनामा २५७ प्रतिशतले उचालिएको थियो।

कम्पनीले अमेरिकामा जनवरीयता १० लाख नर्ड एन बेचेको यसका कारण वार्षिक वृद्धि २०२१ को पहिलो त्रैमासमा ४२८ प्रतिशत पुगेको बताएको छ।

यूरोपमा पनि वनप्लसको बिक्री वार्षिक रुपमा ३०१ प्रतिथतले बढेको आँकडा छ। काउन्टरप्वाइन्ट रिसर्चका अनुसार भारतमा पहिलो र दोस्रो त्रैमासमा वनप्लसले प्रिमियम सेगमेन्टमा ४८ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको थियो।

चीनमा भने वनप्लसले ९ सिरिजमात्र बेचेको छ जसमा पहिलो त्रैमासमा वार्षिक १२४ प्रतिशतले वृद्धि भएको छ।

TK Viber

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

Loading...