वीरगञ्जमा लत्रिएका तार दुर्घटनाका कारक बन्दै

Technology Khabar १७ श्रावण २०७८, आईतवार

वीरगञ्जमा लत्रिएका तार दुर्घटनाका कारक बन्दै
सांकेतिक तस्विर

काठमाडौं ।

केही दिनअघि वीरगञ्ज महानगरपालिका–१५, प्रतिमा चोकमा विद्युत्को पोलमा लत्रिएको तारबाट आगलागी भयो । ठूलो दुर्घटनाबाट जोगिएको भए पनि लामो समय विद्युत् अवरोध भयो ।

वीरगञ्जको व्यापारिक क्षेत्र आदर्शनगरमा लत्रिएको तारबाट एक जना मोटरसाइकल चालक दुघर्टनामा परी घाइते भए । वीरगञ्जका मुख्य र सहायक सडकका विद्युतीय पोलमा अनधिकृत रूपमा विभिन्न संस्थाले तार जोड्दा धेरै दुर्घटना भएका छन् ।

विभिन्न संस्था र फर्मले विद्युत्को पोलमा अव्यवस्थित रूपमा केबुल, नेटका तार र होर्डिङ बोर्ड जडान गर्दा दुर्घटना हुने गरेको हो ।

व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीप कार्कीले सर्वसाधारणले गुनासो गर्दा पनि सम्बन्धित निकायको यसप्रति ध्यानाकर्षण नभएको बताए ।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख कुशियैत यादवले केही दिनभित्रै समस्याको समाधान गर्ने आश्वासन दिएको बताए।

ग्रिन सिटी आदर्शनगरले केही वर्षदेखि आदर्शनगरलाई हराभरा बनाउने तथा नेट, केबुलका तार सफा गरी सौन्दर्ययुक्त बनाउने अभियान सुरु गरेको छ ।

इम्प्रोडिङ वीरगञ्ज क्लबका शरण गुप्ता र स्वतन्त्र युवा समाजका रवि वर्णनवाल त्रिलोकी दारुकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको बताए । उहाँहरू सहरका मुख्य ठाउँहरू माईस्थान, घण्टाघर क्षेत्रमा तार लत्रिएर सहर कुरूप बनाएको र दुर्घटना बढाएको बताउँछन्।

वीरगञ्ज वितरण केन्द्रका प्रमुख कुशियैत यादवले केबुल, नेटको तार जडान गर्ने र होडिङ बोर्ड राख्नेहरूलाई तीन दिनभित्र तार हटाउने सूचना दिने जानकारी दिए । तीन दिनभित्र नहटाए कारबाही गरिने समेत बताए । गोरखापत्र

easy care

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

ताजा समाचार