१०८ एमपी क्यामरा र ओएलईडी डिस्प्लेयुक्त मोटोरोला एज २० सिरिज सार्वजनिक

Technology Khabar १७ श्रावण २०७८, आईतवार

१०८ एमपी क्यामरा र ओएलईडी डिस्प्लेयुक्त मोटोरोला एज २० सिरिज सार्वजनिक

लेनोभोले हालै मोटोरोला एज २० सिरिज सार्वजनिक गरेको छ। यो सिरिजमा एज २०, एज २० प्रो र एज २० लाइट गरी तीन ओटा डिभाइसहरु रहेका छन्।

यी तीनै ओटा डिभाइसमा अन्य स्पेसिफिकेशन केही तलमाथि भए पनि क्यामरा सेन्सर भने १०८ मेगापिक्सेलका रहेका छन्।

मोटोरोला एज २० प्रो

यसमा १४४ हर्ज रिफ्रेश रेटसहितको ६.६७ इन्चको १० बिट ओएलईडी डिस्प्ले दिइएको छ जसले एचडीआर+ तथा अमेजन एचडीआर सपोर्ट गर्छ।

यसको बीचमा पन्च होल सेल्फी क्यामरा दिइएको छ। स्न्यापड्रागन ८७० प्रोसेसरयुक्त यो डिभाइसमा १२ जीबी र्याम तथा २५६ जीबी यूएफएस ३.१ आन्तरिक स्टोरेज दिइएको छ। यसबाहेक यसमा टर्बो राइट र होस्ट अवेर पर्फर्मेन्स बूस्टर फिचर पनि राखिएको छ।

यसमा ३० वाट टर्बोपावर फास्ट चार्जिङसहितको ४५०० एमएएच ब्याट्री राखिएको छ। फोटोग्राफीका लागि १०८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा तथा ५x अप्टिकल जूम तथा ५०x सुपरजूम रहेको छ।

यसमा एन्ड्रोइड ११ तथा माइ यूएक्स अपरेटिङ सिस्टम दिइएको छ।

मोटोरोला एज २०

यसमा १४४ हर्ज रिफ्रेश रेटसहितको ६.६७ इन्चको १० बिट ओएलईडी डिस्प्ले दिइएको छ जसले एचडीआर+ सपोर्ट गर्छ।

यसमा स्न्यापड्रागन ७७८जी प्रोसेसर, ८ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ। यसमा प्रो मोडलको जस्तो फास्ट राइटिङ र पर्फर्मेन्स बूस्टर भने दिइएको छैन।

यसको पछाडि १०८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ भने अगाडि ३२ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ।

यसमा एन्ड्रोइड ११ तथा माइ यूएक्स अपरेटिङ सिस्टम दिइएको छ।

मोटोरोला एज २० लाइट

यसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.६७ इन्चको १० बिट ओएलईडी डिस्प्ले दिइएको छ जसले एचडीआर+ सपोर्ट गर्छ।

मिडियाटेकको डाइमेन्सिटी ७२० प्रोसेसर राखिएको यो डिभाइसमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेजका साथमा १०८ मेगापिक्सेलसहितो ट्रिपल क्यामरा सेटअप दिइएको छ। यसमा पनि ३२ मेगापिक्सेलको सेल्फी क्यामरा उपलब्ध छ।

यसमा ३० वाट टर्बोपावर चार्जिङसहित ५००० एमएएचको ब्याट्री राखिएको छ भने अन्य भर्सनमा झैं एन्ड्रोइड ११ र माइ यूएक्स अपरेटिङ सिस्टम दिइएको छ।

मूल्य तथा उपलब्धतथा

एज २० प्रो को ६९९ यूरो, एज २० को ४९९ तथा एज २० लाइटको ३९९ यूरो मूल्य तोकिएको छ भने यी सबै भेरियन्ट आगामी अगस्टदेखि उपलब्ध हुने बताइएको छ।

TK Viber

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

Loading...