टेलिग्रामद्वारा भिडियो प्लेब्याक स्पीड थप, एकै पटकमा १ हजारलाई भिडियो कल गर्न सकिने

Technology Khabar १७ श्रावण २०७८, आईतवार

टेलिग्रामद्वारा भिडियो प्लेब्याक स्पीड थप, एकै पटकमा १ हजारलाई भिडियो कल गर्न सकिने

भिडियो कलिङ एप टेलिग्रामले आफ्नो प्लेटफर्ममा भिडियो प्लेब्याकको स्पीड बढाएको तथा स्क्रीन शेयरिङ फिचर थप गरेको छ।

हालै एउटा ब्लग पोस्टमा कम्पनीले नयाँ आउँदै गरेका फिचरका बारेमा जानकारी दिएको हो जस अनुसार ‘ग्रुप भिडियो कल्स २.०’ मार्फत् एकैपटक ३० जना सहभागीले आफ्ना क्यामरा कन्टेन्ट १ हजार जनासम्ममा शेयर गर्न सक्नेछन्।

कम्पनीले ठट्योली पारामा सहभागीहरुको यो सीमा ग्रुप कलमा ‘पृथ्वीभरीका मानिसहरु जोडिन नसकुन्जेल’ बढाउँदै लैजाने बताएको छ।

यस अन्तर्गत भिडियो मेसेज अब २.० भर्सनमा अपडेट भएको छ। यसको मतलब गोलाकार प्रेस-होल्ड भिडियो मेसेजहरु अब अझ उच्च रेजोल्युशनको हुने र ती मेसेजलाई ट्याप गरेर बढाउन मिल्नेछ।

यसबाहेक यूजरले भिडियो मेसेजलाई पज तथा स्क्रब गर्न सक्नेछन्। साथै यसमा ब्याकग्राउन्ड अडियो पज नगरीकन नै भ्वाइस मेसेजहरु रेकर्ड गर्न सकिनेछ।

TK Viber

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

Loading...