शाओमीले बुल्गेरियामा पनि आफ्नो स्टोर सञ्चालन ल्यायो

Technology Khabar १७ श्रावण २०७८, आईतवार

शाओमीले बुल्गेरियामा पनि आफ्नो स्टोर सञ्चालन ल्यायो

चिनियाँ स्मार्ट डिभाइस कम्पनी शाओमीले हालै यूरोपेली राष्ट्र बुल्गेरियामा पनि आफ्नो स्टोर सञ्चालनमा ल्याएको छ।

बुल्गेरिया हालसम्म यूरोपका थोरै यस्ता देशहरुमध्ये पर्थ्यो जहाँ शाओमीको स्टोर थिएन। अब यो नयाँ स्टोर सञ्चालन पछि यो अवस्था हटेको छ।

कम्पनीले हालै राजधानी सोफियामा आफ्नो नयाँ एमआई स्टोरको आधिकारिक उद्घाटन गरेको हो।

कम्पनीका प्रतिनिधिका अनुसार यो बुल्गेरियामा एम आईको पहिलो स्टोरमात्रै भएको र कम्पनी अझै थुप्रै स्टोरहरु थप्ने योजनामा रहेको बुझिएको छ।

यसबाहेक बुल्गेरियाको नयाँ एम आई स्टोरले आफ्नै च्यानल भएको नयाँ वितरकसम्म काम गर्नेछ। यसको मतलब अब एम आई स्टोरमा यसअघि देशका अन्य कतिपय ठाउँमा नभेटिएका उत्पादन पनि एमआई स्टोरमा उपलब्ध हुनेछ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिले कम्पनीका भावी योजना, डिभाइस तथा चिप अभाव र यसलाई कम्पनीले कसरी सामना गरिरहेको छ भन्नेबारेमा बताएका थिए।

TK Viber

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

Loading...