माइक्रोसफ्टद्वारा विन्डोज ११ को पहिलो बिटा भर्सन उपलब्ध

Technology Khabar १७ श्रावण २०७८, आईतवार

माइक्रोसफ्टद्वारा विन्डोज ११ को पहिलो बिटा भर्सन उपलब्ध

काठमाडौं ।

माइक्रोसफ्टले विन्डोज ११ को पहिलो बिटा भर्सन सार्वजनिक गरेको छ। तर यो हप्ता उक्त सफ्टवयरका लागि नयाँ डेभलपर च्यानल बिल्ड भने आउने छैन।

कम्पनीले पहिलो बिटा डेभलपर भर्सन इन्स्टल गर्न इच्छुक भएका र त्यसभन्दा अझ स्टेबल भर्सन मन परेमा यो बिटा च्यानलमा स्विच गर्न आग्रह पनि गरेको छ।

सामान्यतया डेभरलपर बिटाबाट स्टेबल बिटामा जाँदा पुरै रि-इन्स्टल गर्नुपर्ने भए पनि कम्पनीले केही समयका लागि डेभलपर च्यानलबाट सोझै बिटा च्यानलमा स्विच गर्न सक्ने व्यवस्था मिलाएको छ।

यसका लागि विन्डोज अपडेटमा गएर विन्डोज इन्साइडर प्रोग्रमामा क्लिक गर्नुपर्नेछ।

विन्डोज ११ अझै पनि विकासकै क्रममा रहेको र डेभलपर बिटाभन्दा भरपर्दो र समस्यारहित भएत पनि यसलाई आफ्नो मुख्य कम्प्युटरमा भने इन्स्टल गर्न नसकिने कम्पनीको भनाइ छ।

यदि तपाईँको डिभाइसमा डेभलपर च्यानल चलिरहेको छ र तपाईँ बिटा भर्सन राख्न चाहनुहुन्छ भने विन्डोज इन्साइडर प्रोग्राम लिनुपर्ने हुन्छ। यसका लागि तपाईँको कम्प्युटरको सिस्टम उक्त भर्सनका लागि योग्य हुनुपर्छ। धेरै नयाँ सीपीयूहरुमा यसका लागि आवश्यक सिस्टम रिक्वायरमेन्ट पुगेको देखिँदैन।

विन्डोज ११ को स्टेबल भर्सन आगामी अक्टोबरमा सार्वजनिक हुने तालिका रहेको छ।

easy care

प्रकाशित: १७ श्रावण २०७८, आईतवार