बिदा भए दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणबाट वरिष्ठ निर्देशक आनन्दराज खनाल

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

बिदा भए दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणबाट वरिष्ठ निर्देशक आनन्दराज खनाल
फाइल
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले आज शुक्रबारदेखि प्राधिकरणबाट अवकाश प्राप्त गरेका छन् । उनी करिब १५ वर्षदेखि दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणमा कार्यरत थिए।

खनालले २०६२ साल चैत २२ गते मा खुला प्रतिस्पर्धाबाट प्राधिकरणमा निर्देशक तहमा नियुक्ति पाएका थिए। त्यसपछि उनी २०७४ साउन १७ गतेदेखि निरन्तर वरिष्ठ निर्देशकको रुपमा कार्यरत थिए।

पछिल्लो समय तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उनलाई मन्त्रालयमा २०७५ पुस १७ गते विज्ञको रुपमा लगेपछि उनी सोहि स्थानमा कार्यरत थिए । बाँस्कोटासँगको विवादका बिचमा खनाललाई जिम्मेबारी बिहिन बनाउँदै मन्त्रालयमा तानिएको थियो।

यसअघि उनले प्राधिकरणमा निमित्त अध्यक्षको रुपमासमेत लामो समय आफ्नो जिम्मेवारी सफलताका साथ निभाएका थिए ।

दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा प्राविधिक विषय र नीति निर्माणमा दक्षता राख्ने खनाल पछिल्लो समय राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग रुष्ट थिए । जसले गर्दा उनी मन्त्रालयबाट फेरी प्राधिकरणमा फर्किएनन्।

यसैबिच एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले वरिष्ठ निर्देशक खनाललाई बिदाई गरेकोछ।

उनी बाहिरिएसँगै प्राधिकरणमा हुने वरिष्ठ निर्देशकको दुई पद नै खाली भएको छ ।

Sajilo Visa

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया