ह्वावे पी५० तथा पी५० प्रो सार्वजनिक, प्रि अर्डर शुरु

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

ह्वावे पी५० तथा पी५० प्रो सार्वजनिक, प्रि अर्डर शुरु

काठमाडौं ।

ह्वावेले हालै आफ्नो पी५० सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। यो सिरिजमा पी५० तथा पी५० प्रो मात्र रहेको छ भने यसपटक प्रो+ मोडल ल्याइएको छैन।

यी डिभाइसमा लिइकाको क्यामरा राखिएको छ। पी५० मा ५० मेगापिक्सेलको अप्टिकल इमेज स्टाबिलाइजेशनसहितको क्यामरा रहेको छ।

पी५० प्रो मा मुख्य ४० मेगापिक्सेलको श्याम श्वेत क्यामरासहित डुअल क्यामरा सेटअप दिइएको छ। यिनीहरुमा लेजर अटोफोकस पनि रहेको छ।

पी५० मा पेरिस्कोप रहेको छ जुन गैर प्रो मोडलमा पहिलो पटक उपलब्ध गराइएको हो।

पी५० तथा पी५० प्रो दुवैमा १३ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ।

चिपसेटका हिसाबले ह्वावे पी५० प्रो दुई भेरियन्टमा आउनेछ। यसको फोरजी भेरियन्टमा स्न्यापड्रागन ८८८ तथा किरिन ९००० चिपसेट रहनेछन्।

पी५० प्रोको बेस भेरियन्टमा ८ जीबी र्यामसहित १२८/२५६/५१२ जीबी आन्तरिक स्टोरेज अप्शन रहेको छ भने सबैभन्ला उच्च भेरियन्टमा १२ जीबी र्याम र ५१२ जीबी आन्तरिक  स्टोरेज रहनेछ।

बेस भेरियन्टको पी५० मा भने स्न्यापड्रागन ८८८ चिपसेट मात्र रहनेछ भने यो फोरजी कनेक्टिभिटीमा मात्र उपलब्ध हुनेछ। दुवै मोडलमा हार्मोनीओएस २.० रहनेछ।

पी५० प्रोमा १२० हर्ज रिफ्रेश रेट, १२२५x२७०० पिक्सेल रेजोल्युशन तथा एचडीआर इनेबल भएको ६.६ इन्चको ओएलईडी डिस्प्ले रहेको छ।

तर पी५० मा भने ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्चको ओएलईडी डिस्प्ले रहनेछ।

दुवैमा समान ६६ वाट वायर्ड तथा ५० वाट फास्ट चर्जिङसहितको ४३६० र ४१०० एमएएच क्षमताको ब्याट्री रहनेछ।

फोरजी भएकाले यी पी५० का दुवै भेरियन्ट विश्वभर उपलब्ध हुनेछ।

पी५० शनिबारदेखि प्रि अर्डर शुरु भएर आगामी अगस्ट १२ देखि डेलिभरी गरिने बुझिएको छ।

मूल्यका हिसाबले ८/१२८ को ६००० युआन अर्थात् ९३० डलर तोकिएको छ।

२५६ र ५१२ मा स्न्यापड्रागन वा किरिनमा छनोट गर्न सकिनेछ र यिनीहरुको मूल्य क्रमश: ६५०० र ७५०० युआन तोकिएको छ।

१२/५१२ भेरियन्ट भने सेप्टेम्बरमा मात्रै उपलब्ध हुने र यसको मूल्य सस्तोको ८००० चिनियाँ युआन तथा महंगोमा ८४०० युआन तोकिएको छ।

पी५० पनि सेप्टेम्बरमा उपलब्ध हुने साथै ८/१२८ को मूल्य ४५०० युआन तथा ८/२५६ स्टोरेज भेरियन्टको ५००० युआन तोकिएको छ।

Global Bank
easy care

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार