डिशहोम फाइबरनेट सेवा जनकपुरमा विस्तार

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

डिशहोम फाइबरनेट सेवा जनकपुरमा विस्तार

काठमाडौं ।

डिशहोमले फाइबरनेट जनकपुरमा विस्तार गरेको छ । कम्पनीले उच्च गतिको इन्टरनेट सेवाको मागलाई सम्बोधन गर्दै उपभोक्ताको माग अनुसार जनकपुरमा विस्तार गरेको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल जनकपुर पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पुर्याईने जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० देखि एक सय एमबीबीएससम्म रहेको जारी विज्ञप्तीमा उल्लेख छ।

easy care

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार