विद्युतीय गाडी गुड्दा चार्ज हुने सडक बनाउने कंक्रिटको परीक्षण गर्दै अनुसन्धानकर्ताहरु

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

विद्युतीय गाडी गुड्दा चार्ज हुने सडक बनाउने कंक्रिटको परीक्षण गर्दै अनुसन्धानकर्ताहरु

काठमाडौं ।

विद्युतीय गाडीहरु गुड्दा तिनीहरुलाई चार्ज गर्न सक्ने सडकको अवधारणा नोलो नभए पनि यो प्रविधि हालसम्म निकै महंगो र अप्रभावकारी रहेको छ।

तर अटोब्लगले जनाए अनुसार हालै अमेरिकाको इन्डियाना डिपार्टमेन्ट अफ ट्रान्सपोर्टले आफूहरुले चुम्बकीय धुलोयुक्त सिमेन्टको प्रयोग गरिरहेको र एक दिन यो प्रविधिले मानक सडक निर्माणको मूल्यमा प्रभावकारी तथा उच्च गतिको चार्जिङ सुविधा प्रदान गर्ने जनाएको छ।

नेशनल साइन्स फाउन्डेशन एनएसएफको आर्थिक सहयोगमा इन्डोटको टिमले पर्ड्यू यूनिभर्सिटी तथा जर्मन कम्पनी म्याग्मेन्टसँगको सहकार्यमा उक्त परीक्षण परियोजनामा काम गरिरहेको बताइएको छ।

यो टोलीले तीन चरणमा परीक्षण गर्नेछन्। पहिलो चरण चुम्बकीय धुलोयुक्त सिमेन्ट म्यागमेन्टले काम गर्छ कि गर्दैन भनेर प्रयोगशालामा परीक्षण गरेर यसलाई ४०० मिटरको सडक खण्डमा परीक्षण हुनेछ।

म्यागमेन्टले एउटा ब्रोशरमा आफ्नो उत्पादनले कीर्तिमानी ९५ प्रतिशतसम्मको वायरलेस ट्रान्समिशनको क्षमता राख्ने दावी गरेको छ। यसबाहेक मानक सडक निर्माणको खर्चमै बनाउन सकिने र यो निकै मजबुत हुने पनि बताएको छ। कम्पनीले यो फेराइटको धुलोयुक्त स्ल्याब इजाजत लिएर स्थानीय स्तरमै बनाउन सकिने पनि उल्लेख गरेको छ।

कम्पनीका अनुसार अन्तिम चरणमा २०० किलोवाट वा त्योभन्दा बढी क्षमताको ट्रकहरुमा चार्जिङ परीक्षण गरिनेछ। ४०० मिटरको सडक परीक्षण सफल भएको खण्डमा इन्डियानाको केही सडकमा यसलाई प्रयोगमा ल्याइनेछ।

easy care

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

ताजा समाचार