भारतको स्मार्टफोन बजारमा हलचल जारी, सामसङको स्थान खस्कियो

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

भारतको स्मार्टफोन बजारमा हलचल जारी, सामसङको स्थान खस्कियो

काठमाडौं ।

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार भारतीय स्मार्टफोन बजारमा बिक्री र वर्चस्वका हिसाबले तलमाथि हुने क्रम दोस्रो त्रैमासमा पनि जारी नै रहेको छ।

रिपोर्ट अनुसार यो अवधिमा स्मार्टफोनको बिक्री वार्षिक आधारमा ८२ प्रतिशतले बढेको छ भने कोरोनाका दोस्रो लहरका कारण १४ प्रतिशत चरणबद्ध गिरावट देखिएको छ।

यो अवधिमा शाओमीले २८.४ प्रतिशत बजार हिस्सा ओगट्दै पहिलो नम्बरमा रह्यो भने सामसङ १७.७ प्रतिशत बजार हिस्सासहित दोस्रो नम्बरमा खुम्चियो।

यो अवधिमा चिनियाँ ब्रान्ड भिभोको बजार पनि खस्किएको छ भने रियलमी र ओपो लगायत अन्य ब्रान्डहरुको बजार भने राम्रै उकासिएको छ।

भारत फिचर फोनको पनि ठूलो बजार भएकाले यो सेगमेन्टले ब्रान्डको बिक्रीको समग्र आँकडामा निकै फरक पारेको छ। स्मार्टफोन र फिचर फोनको समग्र बजार वार्षिक हिसाबले ७४ प्रतिशत बढ्यो भने यो आँकडा त्रैमासिक हिसाबले भने २८ प्रतिशतले खस्किएको छ।

यो अवधिमा पहिलो त्रैमासको तुलनामा फिचर फोन आधामात्र बिक्री भएको छ।

शाओमीले अप्रिलदेखि जुनसम्म आफ्ना प्रिमियम सेगमेन्टका फोनहरु उल्लेख्य मात्रामा बेचेको छ। यीमध्ये रेडमी ९ सिरिज र रेडी नोट१० शुरुवाती पाँच नम्बरमा परेका छन्।

यस्तै सामसङ भने ए३२ तथा ए५२ जस्ता अपर मिड रेन्ज फोनहरुमा अग्रणी रह्यो। भिभोले भारु १५ देखि २० हजारसम्म मूल्य रहेको सेगमेन्टमा अगाडि रह्यो।

Global Bank
easy care

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

ताजा समाचार