अनलाइन कक्षा चलाउन शिक्षकलाई ल्यापटप

Technology Khabar १४ श्रावण २०७८, बिहीबार

अनलाइन कक्षा चलाउन शिक्षकलाई ल्यापटप

दोलखाको कालिञ्चोक गाउँपालिका–३, सिँगटीमा रहेको कालीनाग माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालनका लागि कार्यरत १७ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ।

कोरोना सङ्क्रमणको अहिलेको अवस्थालाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालनका लागि करिब १३ लाख बढिको ल्यापटप प्रत्यक शिक्षकहरुलाई प्रदान गरिएको विद्यालयका शिक्षक रामहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार आवश्यक सर्वेक्षण गरी कक्षा १० का अनलाइनमा पहुँच हुने विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गरिएको छ ।

कक्षा सञ्चालनका लागि पावर पोइन्टको व्यवस्था गरी प्रस्तुतिका लागि शिक्षकलाई आवश्यक तालिम पनि प्रदान गरिएको जानकारी दिँदै प्रधानाध्यापक नेपालले भने, “कक्षा ९, ८ गर्दै क्रमशः अनलाइन कक्षा सञ्चालन गर्न विद्यार्थीहरूको मोबाइल, एक्सेससमेतको सर्वेक्षण सुरु गरिएको छ ।”

मोबाइल नहुनेलाई साथीमार्फत पठनपाठन गर्न सक्ने व्यवस्था पनि मिलाउन लागिएको छ । सबै शिक्षकलाई ल्यापटप दिएपछि पठनपाठन प्रभावकारी हुने विद्यालयले विश्वास लिएको छ । ल्यापटप खरिदका लागि १३ लाख ५० लाख रुपियाँ खर्च भएको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट छ लाख, कालिञ्चोक गाउँपालिकाबाट विद्यालय उत्कृष्ट अनुदान दुई लाख र विद्यालयको आन्तरिक स्रोतबाट पाँच लाख रुपियाँ ल्यापटप खरिदमा लगानी भएको छ ।

यहाँको क्याम्पसमा अध्यापन गराउने तीन जनाले क्याम्पसबाट पाएका र बाँकी १७ जनालाई ल्यापटप प्रदान गरिएको हो । हाल विद्यालयमा ६ सय जना विद्यार्थी अध्ययनरत छन् ।

TK Viber

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार

Loading...