नेपाल टेलिकमको फाइबर नेटवर्क वितरण गरिँदै

Technology Khabar १४ श्रावण २०७८, बिहीबार

नेपाल टेलिकमको फाइबर नेटवर्क वितरण गरिँदै

नेपाल टेलिकम दोलखाले यहाँ (एफटीटीएच) फाइबर नेटवर्क वितरण गरेको छ ।

कपरबाट सञ्चालित प्रविधिलाई विस्थापित गरी छिटोछरितो र द्रुत सेवा प्रदान गर्न फाइबर नेटवर्क वितरण गरिएको कार्यालय प्रमुख राजु गिरीले जानकारी दिए । उनका अनुसार यो प्रविधि छिटोछरितो र द्रुत गतिका साथै मर्मत गर्न पनि सजिलो छ । यसबाट भ्वाइस, डाटा र टीभी सेवासमेत लिन सकिन्छ ।

पहिला पाँच एमबीपीएस पाइरहेकाले त्यत्ति नै शुल्कमा अब आठ एमबीपीएसको सेवा पाउँछन् । यो प्रविधिबाट ६० एमबीपीएससम्मको सेवा दिन सकिन्छ । पुरानो प्रविधिले साह्रै दुःख दिइरहेको थियो । अब यो हैरानी हटेको छ ।

जिरी र हाटडाँडामा २८५ वटा जडान गरिसकिएको जानकारी दिँदै कार्यालय प्रमुख गिरीले भने, “मैनापोखरीमा सयवटा र चरीकोटका कार्यालय लगायतमा दुई सयवटा जडान भइसकेका छन् । पशुपतिडाँडादेखि चरीकोट बजार हुँदै सातदोबाटो, बसपार्क–सातदोबाटो, चरिघ्याङ–सातदोबाटो हुँदै पाटीखोलासम्म यो प्रविधि जडान गर्ने काम भइरहेको छ । ९५० वटा जडानको लक्ष्य रहेको छ । दशैँअगाडि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।” गोरखापत्र

TK Viber

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार

Loading...