ह्वावे नोभा ८ एसई लाइफ एडिशन चीनमा सार्वजनिक

Technology Khabar १४ श्रावण २०७८, बिहीबार

ह्वावे नोभा ८ एसई लाइफ एडिशन चीनमा सार्वजनिक

चिनियाँ टेक जायन्ट ह्वावेले हालै चीनमा एउटा मिड रेन्ज स्मार्टफोन सार्वजनिक गरेको छ। ह्वावे नोभा ८ एसई लाइफ एडिशन नाम गरेको उक्त डिभाइस धेरै जानकारी र हल्लाबिना नै सार्वजनिक गरिएको हो।

यो गत वर्ष सार्वजनिक भएको नोभा ८ एसईको केही फिचर र सुविधा कटोति गरिएको भर्सन हो।

यसमा अघिल्लो भर्सनको ओएलईडी प्यानलभन्दा केही ठूलो ६.६ इन्चको फुल एचडी+ एलसीडी डिस्प्ले दिइएको छ भने वाटरड्रफ नचलाई फेरेर पन्चहोल कट आउट राखेर १६ मेगापिक्सेलको सेल्फी शूटर दिइएको छ।

फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ। किरिन ७१०ए चिपसेटयुक्त यो डिभाइसमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ।

पावरका लागि ४० वाट फास्ट चार्जिङसहितको ४००० एमएएच ब्याट्री तथा एन्ड्रोइड १० अपरेटिङ सिस्टमका साथमा ईएमयूआई १०.१ राखिएको छ।

म्याजिक नाइट ब्ल्याक तथा फ्रस्ट सिल्भर रंगमा आउने यो स्मार्टफोनको मूल्य चीनमा १८९९ युआन अर्थात् २९२ डलर तोकिएको छ भने यो ह्वावेको अनलाईन स्टोरका साथमा साझेदार खुद्रा व्यापारीमार्फत् खरिद गर्न सकिने बताइएको छ।

TK Viber

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार

Loading...