अमेरिकी मोबाइल क्यापेक्स २०२०मा ५ वर्षकै सबैभन्दा उच्च, फाइभजी रोलआउटको सहयोगी भुमिका

Technology Khabar १४ श्रावण २०७८, बिहीबार

अमेरिकी मोबाइल क्यापेक्स २०२०मा ५ वर्षकै सबैभन्दा उच्च, फाइभजी रोलआउटको सहयोगी भुमिका
सांकेतिक

अमेरिकी मोबाइल उद्योगमा सन् २०२० मा लगानी २९.९ अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्ष २९.१ अर्ब डलर थियो। र यो लगानी वृद्धि फाइभजी नेटवर्कको विस्तार र डाटा सेवाहरूको मागको आधारमा ५ बर्षमा उच्च हो।

उद्योग समूह सीटीआईएको पछिल्लो वार्षिक सर्वेक्षणअनुसार अमेरिकाले गत वर्ष ग्लोबल मोबाइल क्यापेक्सको १८ प्रतिशत हिस्सा ओगटेको छ, जबकि यस देशमा विश्व जनसंख्याको १८ प्रतिशत मात्र बसोबास गर्दछन भने मोबाइल कनेक्सनको ६ प्रतिशत मात्र छ।

देशभरि मोबाइलको सेल साइटहरूको संख्या वर्षको अन्त्यमा ४ लाख १७ हजार पार भयो जुन २०१९ को अन्त्यमा भएको झन्डै ३ लाख ९६ हजारबाट बढेको थियो।

सीटीआईएले विगतको प्रक्रियामा महत्वपूर्ण संघीय सुधार भएपछि विगत दुई वर्षमा ६८,००० साइटहरू थप्न सकिएको बताएको छ । यो वृद्धि ५जी नेटवर्कको रोल आउटले अगाडी बढाएको हो, जुन २०२० मा ५० प्रतिशतले बढेर अमेरिकामा ३० करोड मानिसहरूलाई कभर गर्‍यो।

अमेरिकामा राष्ट्रव्यापी कभरेजमा पुग्ने पहिलो फाइभजी नेटवर्कले ४जी भन्दा दुई गुणा बढी चाँडो प्रगति गरेको थियो, र तीनवटै ठूला प्रदायकहरूले देशव्यापी नेटवर्क फोरजीको तुलनामा फाइजीका लागि ४२ प्रतिशत छिटो निर्माण गरेका थिए।

मोबाइल ट्राफिकको मामलामा, मोबाइल नेटवर्कले २०२० मा ४२.२ ट्रिलियन मेगाबाइट डाटा ह्यान्डल गर्‍यो र यो परिमाण पाँच वर्ष अगाडिको तुलनामा लगभग तीन गुणा बढी हो। गत वर्ष एसएमएस/एमएमएसको संख्या ११९ अर्बबाट बढेर २.२ ट्रिलियन पुगेको छ भने भ्वाइस ट्राफिक २.९ ट्रिलियन मिनेटमा पुगेको छ ।

सन् २०२० को अन्त्यमा मोबाइल जडानहरूको कुल संख्या ४६ करोड ८९ लाख थियो, जसमध्ये ४१ प्रतिशत डाटाका लागि मात्र प्रयोग हुने उपकरणहरू थिए। एजेन्सी

TK Viber

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार

Loading...