प्रधानमन्त्री शेरबहादुर देउवा अब च्याटिङ्ग प्लेटफर्म भाइबरमा

Technology Khabar १३ श्रावण २०७८, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवा अब च्याटिङ्ग प्लेटफर्म भाइबरमा

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा अब च्याटिङ्ग प्लेटफर्म भाइबरमा जोडिएका छन् । देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ ।

प्रधानमन्त्री देउवाले यसको लागि भाइबर कम्युनिटी बनाएका छन्।

यस बारेमा सोसल मिडियाबाट प्रधानमन्त्री देउवाले भाइरबरमा सबैलाई जोडिन आग्रह गरेका हुन् । त्यसमा जोडिनका लागि लिंक समेत दिएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुस्,’ पोष्टमा लेखिएको छ।

साथै भेरिफाइड (ब्लु चिन्ह भएको) कम्युनिटीमा मात्रै जोइन गर्न आग्रह गरिएको छ । यसअघि नै प्रधानमन्त्री देउवा फेसबुक, ट्विटर, इन्स्टाग्राम सक्रिय रहँदै आएका छन् ।

केहि दिनअधिदेखि शुरु भएको उनको भाइबर  कम्युनिटीमा हालसम्म ३ हजार ६ सय भन्दा धेरै जोडिएका छन भने दुईवटा उनी सम्बद्ध समाचारहरु राखिएका छन् । सो कम्युनिटीलाई गोबिन्द परियारले सञ्चालन गरेको भाइबरमा देखिन्छ।

easy care

प्रकाशित: १३ श्रावण २०७८, बुधबार

ताजा समाचार