आईओएस प्रयोगकर्ता लक्षित ‘स्विच टु एन्ड्रोइड’ एप निर्माण गर्दै गुगल

Technology Khabar १३ श्रावण २०७८, बुधबार

आईओएस प्रयोगकर्ता लक्षित ‘स्विच टु एन्ड्रोइड’ एप निर्माण गर्दै गुगल

एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि बनाएको मुभ टु आईओएसजस्तै गुगलले हालै आईओएस प्रयोगकर्तालाई लक्षित गरेर ‘स्विच टु एन्ड्रोइड’ एप निर्माण गरेको बुझिएको छ।

हालै ९टु५गुगलको पछिल्लो ‘एपीके इन्साइट’ का अनुसार एन्ड्रोइडको ‘डाटा रिस्टोर टूल’ नामक पछिल्लो एन्ड्रोइड कम्पोनेन्टमा एउटा रहेको नयाँ कोडले नयाँ एप आउँदै गरेको संकेत मिलेको बताइएको छ।

हालसम्म गुगलले आईओएस यूजरलाई एन्ड्रोइडमा स्विच गराउँदा कन्ट्याक्ट, क्यालेन्डर इभेन्ट तथा फोटोहरुलाई गुगल ड्राइभमा ब्याकअप राख्न मात्र सक्दछ। सोही गुगल एकाउन्ट कुनै नयाँ एन्ड्रोइड डिभाइसमा एड गरिएको खण्डमा ती कन्टेन्टहरु सम्बन्धित एपहरुमार्फत् एक्सेस गर्न सकिन्छ।

डाटा रिस्टोर टूलमा रहेको एउटा हरफले गुगलले आईओएसका लागि ‘स्विच टु एन्ड्रोइड’ बनाएको बुझाउने खबरमा उल्लेख छ। उक्त एपम यी चरणहरु दिइएको बताइएको छ:

चरण १- एप स्टोरबाट ‘स्विच टु एन्ड्रोइड’ एप डाउनलोड गर्नुहोस्

चरण २- वाइफाइ सेटिङ्समा जानुहोस्

चरण ३- नेटवर्कमा कनेक्ट गरेर पासवर्ड राख्नुहोस्

यसबाहेक आईओएसबाट पहिलेभन्दा धेरै डाटा ट्रान्सफर होस् भनेर टूलमा भएका केही भाषाहरुमा पनि परिमार्जन गरिएको छ। अब आईओएसबाट एन्ड्रोइडमा एपहरु पनि ट्रान्सफर हुनेछन्।

TK Viber

प्रकाशित: १३ श्रावण २०७८, बुधबार

Loading...