इन्टरनेट सेवा प्रदायक डिशहोम नियामक दूरसञ्चार प्राधिकरणको कारबाहीमा

Technology Khabar १३ श्रावण २०७८, बुधबार

इन्टरनेट सेवा प्रदायक डिशहोम नियामक दूरसञ्चार प्राधिकरणको कारबाहीमा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै डिश मिडिया नेटवर्क लिमिटेडलाई कारबाही गरेकोछ।

प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र लिएर डिशहोम फाइबरनेट नाममा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिश मिडिया नेटवर्कले ऐन विपरितको कार्य गरेको भन्दै कारबाही गरेको हो।

प्राधिकरणमा यसअघि डिश होमको बारेमा परेको उजुरीमा छानबिन र कम्पनीको स्पष्टिकरणपछि नियामक निकायले कारबाही स्वरुप हाल सचेत गराई प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका शर्तहरु पुरै पालना गर्न लगाउनेका लागि ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

यसअघि प्राधिकरणले सो बारेमा डिशहोमसँग स्पष्टिकरण सोधेको थियो भने त्यसमा जवाफ दिँदै कम्पनीले आफैंले कुनै गैर कानूनी कार्य तथा प्रतिस्पर्धा विरोधी कार्य नगरेको जानकारी दिएको थियो । त्यसैगरि आफ्नो कुनै एक एजेन्टले अन्य कम्पनीको विरोधी प्रबद्र्धनात्मक विज्ञापन कार्य गरेकोमा त्यस्तो विज्ञापन हटाईएको र सो एजेन्टलाई कारबाही गरिएको बताएको थियो ।

सोहि स्पष्टिकरणको आधारमा पहिलो पटक यस्तो कार्य देखिएको हुँदा डिशहोमलाई सचेत गराईएको प्राधिकरणले जनाएको छ ।

‘पहिलो पटक भएको हुँदा सचेत र ध्यानाकर्षण गराईएको हो अर्को पटक यस्तो गल्ति गरेको पाईएमा जरिवानासहितका कडा कारबाही गरिनेछ,’ प्राधिकरणका एक निर्देशकले भने ।

यसअघि इन्टरनेट सेवा प्रदायक कम्पनीसमेत रहेको डिशहोमले अर्को प्रतिस्पर्धी कम्पनीको नामै तोकेर आफ्नो सेवाको विज्ञापन गरेपछि २०७७ पुस महिनामा प्राधिकरणले स्पष्टिकरण सोधेको थियो।

डिशहोमले प्रतिस्पर्धी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको नाम नै तोकेर सो कम्पनीको विरुद्धमा आफ्नो सेवाको विज्ञापन गरेको उजुरी प्रमाणसहित आएको थियो।

हेर्नुस सम्बन्धित समाचार-

वर्ल्डलिंकका ग्राहकलाई सेवामा छुट दिने विज्ञापन गरेपछि डिशहोमलाई प्राधिकरणको स्पष्टिकरण

हाल कम्पनीले डिशहोम फाइबरनेटको नाममा देशभर सेवा बिस्तारको कार्य गरिरहेको छ भने केहि समयअघि प्रभु ग्रुपलाई समेत एकीकृत गरेर सेवा प्रदान गर्दै आएको छ ।

Global Bank
easy care

प्रकाशित: १३ श्रावण २०७८, बुधबार

ताजा समाचार