Technology Khabar १२ श्रावण २०७८, मंगलवार
काठमाडौं ।
क्लाउडफ्लेयरले विश्वभरका इन्टरनेट पहुँच नपाएका समुदायमा इन्टरनेट पहुँच पुरयाउने उद्देश्यले एउटा नयाँ योजना सार्वजनिक गरेको छ।
सोमबार कम्पनीले प्रोजेक्ट प्यान्जिया यसका लागि योग्य समुदायमा उपलब्ध रहेको र यसले दूरसञ्चार सेवा नपुगेका ठाउँमा खर्चका हिसाबले इन्टरनेट पहुँच नपाएका हरुका लागि कम खर्चमा इन्टरनेट प्रयोग गर्न सघाउने बताएको छ।
स्थानीय समूह तथा गैर नाफामूलक संस्थाहरुजस्ता समुदायले प्रोजेक्ट प्यान्जियाका लागि आवेदन दिन सक्ने तथा यसमार्फत् क्लाउडफ्लेयरको नेटवर्कमा पहुँच पुर्याउन सक्ने कम्पनीले जनाएको छ।
यसो गरेपछि ती संस्थाहरुले आफ्नै दूरसञ्चार पूर्वाधार बनाउन तथा आफ्नो सञ्चार, शिक्षा र आर्थिक विकासका लागि इन्टरनेटमा भर पर्नु पर्ने व्यक्तिहरुक निशुल्क र दिगो तरिकाले इन्टरनेट पहुँच पुर्याउन सक्नेछन्।
क्लाउडफ्लेयरका सह संस्थापक तथा सीईओ म्याथ्यु प्रिन्सका अनुसार आजको दुनियाँका संस्था तथा व्यक्तिहरु शिक्षा, व्यापार तथा एक अर्कासँग सञ्चारका लागि वेबमै भर पर्ने भएकाले भरपर्दो इन्टरनेट पहुँचलाई ‘आधारभूत मानव अधिकार’ का रुपमा लिइनु पर्छ।
तर विश्वका थुप्रै समुदाय ब्यान्डविथको उच्च खर्चबाट बच्न आफ्नै पूर्वाधार बनाउन बाध्य भएकोले आफूहरुले सकेको ठाउँमा सहयोग गर्ने उद्देश्यले उक्त ठाउँसम्म बाटो बनिसकेको अवस्थामा विश्वव्यापी इन्टरनेटसम्म सुरक्षित र पहुँचयोग्य राजमार्ग बनाइदिन खोजेको विचार व्यक्त गरे।
क्लाउडफ्लेयरको प्रोजेक्ट प्यान्जियाले फ्री वेबका लागि अन-र्याम्प प्रदान गर्ने कम्पनीको भनाइ छ।
यसमार्फत् सामुदायिक नेटवर्क सञ्चालकहरुले कम्पनीको क्लाउडफ्लेयर नेटवर्क इन्टरकनेक्ट, म्याजिक ट्रान्जिट तथा म्याजिक फायरवालजस्ता सेक्युरिटी टूलमा पहुँच पाउने बताइएको छ।
इन्टरनेटको गति अप्टिमाइज गर्नका लागि डाटा सेन्टर स्थानीय समुदाय बनाइनेछ।
यसमा सहभागी हुन स्थानीय समुदायको हितका लागि काम गरिरहेका गैर नाफामूलक, सहकारी वा साना/निजी व्यापारिक नेटवर्कहरु हुनु पर्नेछ।
यसबाहेक उनीहरुसँग आफ्नै आईपीभी४ स्पेश उपलब्ध हुनुपर्छ भने उनीहरु एक्सचेन्ज प्वाइन्टमा ब्याकहल बनाउन सक्ने हुनुपर्छ।
प्रकाशित: १२ श्रावण २०७८, मंगलवार