स्टार्टअप एण्ड इनोभेशनसहितका कार्यक्रमलाई सहयोग गर्न प्रदेश सरकारसँग उद्योग संगठन मोरङको अनुरोध

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

स्टार्टअप एण्ड इनोभेशनसहितका कार्यक्रमलाई सहयोग गर्न प्रदेश सरकारसँग उद्योग संगठन मोरङको अनुरोध

काठमाडौं ।

उद्योग संगठन मोरङले संचालनमा ल्याउने कार्यक्रमहरुमा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षका साथ साउन ११ गते छलफल गरेको छ ।

छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र शिप विकास ईकाईको स्थापना जस्ता कार्यक्रमले प्रदेशकै गरिमा अभिवृद्धि गर्दै यस क्षेत्रलाई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने भएकाले यस प्रकारका वहुआयामिक कार्यक्रमहरुमा प्रदेश सरकारलाई सहकार्य गर्न अनुरोध गरे ।

सरकार, नीजि क्षेत्र बिच समन्वय गरि संचालन गरिने यस प्रकारको कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलता रुपान्तरण नयाँ आयाम थपि दीगो इकोसिष्टम विकास गर्न सहयोग पुर्याउने अध्यक्ष प्याकुरेलले वताए ।

कार्यक्रममा प्रदेश नं.१ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश कै समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको वताईन्।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशिलताको ईको सिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह विश्वास व्यक्त गर्दै वर्तमान युग स्टार्टअपको युग भएकाले स्टार्टअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने धारणा राखे । उनले परम्परागत ढंगको सोच र अवधारणाबाट द्रुत आर्थिक विकासको लक्ष्य प्राप्त हुन नसक्ने भएकाले सोचमा परिवर्तन दिगो आर्थिक विकासको लक्ष्य सहित कामगर्नु पर्ने सुझाव दिए ।

त्यसैगरी उद्योग संगठन मोरङले स्टार्टअप कार्यक्रममा प्रदेश नं. १ का पालिकाको युवाहरुको वढी भन्दा वढी सहभागिता सुनिश्चित गराउन १५ भन्दा वढी पालिकाहरुको उपप्रमुख र प्रशासकीय अधिकृतहरुका साथ भर्चुअल वैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सृजनात्मक सोच भएका युवाहरुलाई उद्यमशिलता विकास तथा व्यवसायीक रुपान्तरणका लागि सहजीकरण गर्दै वित्तिय पहुँच स्थापनाका साथै अन्य सेवाहरु उपलब्धताका लागी उद्योग संगठन मोरङले यस कार्यक्रम मार्फत सहजिकरण गर्ने वताए ।

स्टार्टअप कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा, संगठनका स्थानीय, प्रदेश, संघिय सरकार समन्वय समितिका संयोजक तारानाथ निरौलाले स्थानिय पालिकाका प्रतिनिधिहरुलाई पालिकाहरुमा रहेको रोजगार सूचना केन्द्रमा दर्ता भएका रोजगारका खोजीमा रहेका उद्यमशिलता गर्न चाहने युवाहरुलाई स्टार्टअप कार्यक्रममा आवद्ध हुनका साथै रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई शिप विकास एकाई मार्फत सेवा लिन सहजीकरण गर्न अनुरोध गरे ।

easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार