र्यान्समवेयर आक्रमण भोगेको कासेयाद्वारा डिक्रिप्टर टूल बारे बताउन अस्वीकार, फिरौती नतिरेको दाबी

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

र्यान्समवेयर आक्रमण भोगेको कासेयाद्वारा डिक्रिप्टर टूल बारे बताउन अस्वीकार, फिरौती नतिरेको दाबी

काठमाडौं ।

सफ्टवेयर कम्पनी कासेयाले विश्वव्यापी डिक्रिप्टरको लागि टूल कसरी प्राप्त गरियो भन्ने बारेमा प्रश्न उब्जिएपछि ह्याकरहरुलाई फिरौती तिर्न अस्वीकार गरेको छ।

जुलाई २१ मा कम्पनीले एक सार्वभौमिक डिक्रिप्शन टूल “तेस्रो पक्षबाट” प्राप्त भएको घोषणा गर्‍यो र तिनीहरूर्यान्समवेयर हमलाका पीडितहरूलाई सहयोग गर्न सुरक्षा कम्पनी इमिसोफ्टसँग काम गरिरहेका बताईएको छ।

सोमबार, कासेयाले एक विज्ञप्ति जारी गरेर रेभिल ग्रुपलाई रकम तिरेको भन्ने हल्ला निराधार भएको भन्दै यसलाई नकारेका थियो सो समूहले र्यान्समवेयर आक्रमण गरेर कासेयाको नेटवर्क बन्द गराएको थियो।

रेभिलले सुरुमा ७ करोड डलरको फिरौती माग गरेको तर जुलाई १३ मा उनीहरूको सम्पूर्ण कार्यहरू हराउनुभन्दा पहिले यसलाई ५ करोड डलरमा झारेको थियो।

“हामी यस्तो अनिश्चित अवस्थामा पुष्टि गर्दैछौं कि कासेयाले कुनै रकम तिरेको छैन् -प्रत्यक्ष वा अप्रत्यक्ष तेस्रो पक्ष मार्फत – डिक्रिप्टर प्राप्त गर्न,” कासेयाले विज्ञप्तीमा भन्यो ।

विज्ञप्तिमा भनिएअनुसार एम्सिफ्ट र कासेयाको इन्सिडेन्ट रेस्पोन्स टोलीले सप्ताहन्तमा आक्रमणबाट प्रभावित १,५०० पीडितहरूलाई डिक्रिप्टर प्रदान गर्ने काम गरे, जसमा स्वीडेनको एउटा प्रमुख सुपरमार्केट चेन, भर्जिनिया टेक युनिभर्सिटी र लियोनार्डटाउन, मेरील्याण्डमा स्थानीय सरकारी कम्प्युटरहरू थिए।

यसका साथै कासेयाले आफ्ना सफ्टवेयर  सेवा प्रयोगकर्ताहरुलाई यसको लागि नन डिस्क्लोजर एग्रिमेन्ट गराएको बताईएको छ ।

रेभिल ग्रुपले कासेयाको सफ्टवेयर सिस्टममा आक्रमण गर्दा विश्वभर सो सफ्टवेयर सिस्टम चलाउने कम्पनीहरु प्रभावित भएका थिए ।

सो विषयमा अमेरिकी सरकारले रसियामा आधारित समूहलाई दोष दिँदै आएको थियो र सो ग्रुप केहि समयपछि अचानक भुमिगत भएको थियो । एजेन्सीहरु

Global Bank
easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

ताजा समाचार