अमेजनले ‘डिजिटल करेन्सी तथा ब्लकचेन’ विज्ञको आवेदन खुलाएपछि बिटक्वाइनको मूल्य बढ्यो

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

अमेजनले ‘डिजिटल करेन्सी तथा ब्लकचेन’ विज्ञको आवेदन खुलाएपछि बिटक्वाइनको मूल्य बढ्यो

काठमाडौं ।

हालै अमेजनले बिटक्वाइनका क्षेत्रमा विज्ञता भएका व्यक्त नियुक्त गर्न लागेको खुलासा गरेपछि यो क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि भएको छ।

विज्ञापनमा ‘अमेजनका ग्राहकको भुक्तानीबारे अध्ययन गर्न’ का लागि ‘डिजिटल करेन्सी तथा ब्लकचेन उत्पादन प्रमुख’ को आवश्यकता रहेको खुलाइएको थियो।

उक्च विज्ञापन आएपछि सोमबार बिटक्वाइनको मूल्य २९ हजार डलरबाट बढेर ३९ हजार डलर पुगेको थियो।

थुप्रै समयदेखि मूल्यमा गिरावट आइरहेको यो क्रिप्टोको मूल्यबाहेक इथेरियम तथा डजिक्वाइनको मूल्यमा पनि सुधार आएको थियो।

चर्चा र हल्ला चलेपनि अमेजनले अहिलेसम्म क्रिप्टोकरेन्सीमा भुक्तानी स्विकार गर्ने आधिकारिका रुपमा बताएको भने छैन।

उक्त विज्ञापन विश्वका थुप्रै क्रिप्टोकरेन्सीका पारखी साइटहरुमा राखिएको थियो भने केही क्रिप्टो पारखीहरुले लन्डनको सिटी एएम पत्रिकालाई नाम नबताउने शर्तमा अमेजनले निकट भविष्यमा निश्चित रुपमा बिटक्वाइनमार्फत् भुक्तानी स्विकार गर्ने बताएका खबरमा उल्लेख छ।

अमेजनले उक्त नयाँ पदका लागि निम्नलिखित योग्यता तोकेको थियो:

  • क्रिप्टोकरेन्सीको गहिरो ज्ञान हुनुपर्ने
  • अमेजनले अपनाउनुपर्ने ताैरतरिकासम्बन्धी विषयवस्तु विकास गर्ने
  • यसका लागि रणनीति तयार गर्ने
  • अति विशिष्ट अधिकारीहरुसमक्ष आफ्ना तर्क प्रस्तुत गर्ने

‘हामी क्रिप्टोकरेन्सी क्षेत्रमा आएका नवीन अवधारणाबाट प्रोत्साहित भएका छ र यो अमेजनका लागि कसरी उपयोगी हुन सक्छ भन्ने अध्ययन गरिरहेका छ,’ अमेजनका एक प्रतिनिधिले भने।

उनले आफूहरु भविष्य आधुनिक, द्रुत तथा सस्तो भुक्तानी गर्न मिल्ने खालका प्रविधिको आडमा बन्ने र यसले अमेजनका ग्राहकलाई सकेसम्म छिटो उक्त भविष्य प्रदान गर्न लागिपरेको पनि बताए।

Global Bank
easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार