इन्टेलले अब क्वालकमका लागि चिप बनाउने, २०२५ सम्ममा फाउन्ड्री बजारमा अग्रणी बन्ने योजना

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

इन्टेलले अब क्वालकमका लागि चिप बनाउने, २०२५ सम्ममा फाउन्ड्री बजारमा अग्रणी बन्ने योजना

काठमाडौं ।

इन्टेलले आफ्नो इन्टेल फाउन्ड्री सेवा व्यवसायको पहिलो मुख्य ग्राहक क्वालकम हुने जानकारी दिएको छ।

आफ्ना स्न्यापड्रागन लाइनअपका चिपले प्रिमियम एन्ड्रोइड फोनहरुलाई सेवा दिँदै आएङ्को अमेरिकी कम्पनी क्वालकमका लागि केही वर्षमा इन्टेलले आफ्ना फाउन्ड्रीमा चिप निर्माण गरिदिनेछ।

चिप निर्माणका लागि इन्टेलले आफ्नो आउँदै गरेको २०ए प्रोसेस अपनाउने भएको छ जुन चिपले धेरै ब्याट्री खपत गर्ने समस्या घटाउने नयाँ ट्रान्जिस्टर प्रविधि हो।

हालसम्म क्वालकमले इन्टेलका लागि कुन चिप बनाउने र क्वालकमले इन्टेलका लागि बनाएको चिप कहिलेसम्म बजारमा आउने भन्ने कुनै जानकारी दिइएको छैन।

क्वालकम बाहेक इन्टेलले अमेजन वेब सर्भिसमा पनि आफ्नो चिप निर्माण गर्ने घोषणा गरेको छ।

तर अमेजनले भने इन्टेलको चिप निर्माण पद्धति नअपनाइ प्याकेजिङ प्रविधि अपनाउने बताइएको छ। यो चिप, टाइल तथा चिपका अवयवहरुलाई एकै ठाउँमा जोड्ने प्रक्रिया हो।

इन्टेल २०ए रिबनएफईटी तथा पावरभाया नामका दुई ओटा प्रविधिमा आधारित हुन्छ। रिबनएफईटी इन्टेलको पहिलो नयाँ ट्रान्जिस्टर आर्किटेक्चर हो र यो २०११ को फिनफेटदेखि प्रयोग हुँदै आएको छ।

कम्पनीले आगामी सन् २०२५ को शुरुवातमा भने अति पराबैजनी लिथोग्राफी प्रयोग गर्ने एएसएमएल मेशिनहरुको प्रयोग शुरु गर्ने बुझिएको छ।

easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार