भर्जिन ग्यालेक्टिकको अन्तरिक्षसम्म पुग्ने यान निर्माणमा नेपाली युवासमेत सहभागी

  • Technology Khabar | १२ श्रावण २०७८, मंगलवार
भर्जिन ग्यालेक्टिकको अन्तरिक्षसम्म पुग्ने यान निर्माणमा नेपाली युवासमेत सहभागी

काठमाडौं ।

सोलुखुम्बुखुम्को टाक्सिन्दुका टासी छ्योग्याल शेर्पाले अन्तरिक्षसम्म पुग्ने यान निर्माण समूहमा सहभागी बनेर सफलता हात पारेका छन् ।

अमेरिकाको भर्जिन ग्यालेक्टिक अन्तरिक्ष यात्राको सफल व्यावसायिक उडान भर्ने भर्जिन एयरको समूहमा रहेर सोलुखुम्बुका शेर्पाले यान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्। शेर्पासहितको समूहले निर्माण गरेको यानले अन्तरिक्षको सफल उडान भरेको हो ।

उक्त एयरका संस्थापक सर रिचर्ड ब्रान्सनको नेतृत्वमा अन्तरिक्ष यात्रा सफल भएपछि नेपाली शेर्पाको सफलताले प्रशंसा पाएका हो ।

त्यहाँ रहेका नेपालीहरूले सोलुखुम्बु जस्तो विकट ठाउँमा जन्मेर प्रविधिको क्षेत्रमा विश्वमै स्थापित हुने काम गरेको भन्दै टासी छ्योग्यालको प्रशंसा गरेका छन् ।

सोलुदूधकुण्ड–१, टाक्सिन्दुका शेर्पाले विद्यार्थी भिसामा अमेरिका गई विचिता विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका छन्। सानैदेखि विज्ञान प्रविधिमा उत्सुकता राख्ने शेर्पाले यो कार्यसँगै शेर्पा समुदायलाई नयाँ चिनारी दिएका छन् ।

शेर्पाहरूको हिमालसँग मात्रै सम्बन्ध रहेका बेला टासीजस्ता जुझारु शेर्पाहरूको बहुआयामिकताले सिङ्गो समुदायले गर्व गर्ने अवस्था सिर्जना भएको भन्दै टाक्सिन्दुका पर्यटन व्यवसायी कर्मा शेर्पाले खुसी व्यक्त गरे।हिमाल समाचार डटकमबाट

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार