स्न्यापड्रागन ८७० चिपयुक्त रेडमी के४० गेमिङ एडिशन ल्याउँदै शाओमी

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

स्न्यापड्रागन ८७० चिपयुक्त रेडमी के४० गेमिङ एडिशन ल्याउँदै शाओमी

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले स्न्यापड्रागन ८७० चिपसेटयुक्त नयाँ गेमिङ फोन ल्याउने भएको छ।

रेडमी के४० लाइनअपमा यस अघि नै एउटा गेमिङ एडिशन स्मार्टफोन भए पनि यसमा कम्पनीले छिट्टै अर्को एउटा मोडल थप्ने भएको हो।

उक्त ब्रान्डले हालै वेबोमार्फत् के४० गेमिङ एडिशनमा पहिलेको गेमिङ फोनभन्दा चिपसेट फरक रहने संकेत गरेको हो।

हाल उपलब्ध रेडमी के४० गेमिङ एडिशनमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट रहेको छ। अब आउँदै गरेको भर्सनमा भने चिपसेट ताइवानको मिडियाटेकबाट सरेर अमेरिकाको स्न्यापड्रागनमा पुग्नेछ।

चर्चित टिप्स्टर डिजिटल च्याट स्टेशनले आउँदै गरेको नयाँ डिभाइस क्वालकमको शक्तिशाली स्न्यापड्रागन ८७० चिपसेटले सुसज्जित हुने र अन्य स्पेसिफिकेशन अघिल्लो भर्सनकै जस्तो हुने वेबोमार्फत् पक्का गरेका हुन्।

यसो हुँदा यसमा १२० हर्ज रिफ्रेश रेटसहितको एमोलेड डिस्प्ले, भोतिक शोल्जर ट्रिगर, ६४ मेगापिक्सेलको क्यामरा, तथा ६७ वाट फास्ट चार्जिङ सहितको ५०६५ एमएएच क्षमताको ब्याट्री रहने आकलन गर्न सकिन्छ।

easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार