बीमा कम्पनीहरुमा अब अनिवार्य गोएएमएल सफ्टवेयर सिस्टम लागू हुने

Technology Khabar ११ श्रावण २०७८, सोमबार

बीमा कम्पनीहरुमा अब अनिवार्य गोएएमएल सफ्टवेयर सिस्टम लागू हुने

काठमाडौं ।

बीमा क्षेत्रका कम्पनीहरुमा पनि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर गोएएमएल अनिवार्य गरिने भएको छ ।

बीमा समितिले साउन महिनाभित्रमा सबै बीमा कम्पनीमा उक्त सफ्टवेयर अनिवार्य रुपमा लागू गर्न निर्देशन दिएसँगै सो सफ्टवेयर लागू हुने भएको भएको हो । यस अघि नमुना परीक्षणका रुपमा पाँचवटा जीवन बीमा कम्पनीहरुमा लागू गर्न शुरु गरिएको गोएएमएल साउन महिना भित्रमा सबै कम्पनीमा लागू गरिने भएको हो ।

२० दिनभित्र सबै बीमा कम्पनीमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको उक्त सफ्टवेयर लागू हुने भएको हो ।

समितिले आइतबार सबै बीमा कम्पनीहरुका लागि गोएएमएल सञ्चालन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक जानकारी दिन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विवरण सम्बन्धमा बीमा क्षेत्रमा गोएमएल सफ्टवेयरबाट रिपोटिङ् गर्ने विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले एकल बीमालेख अन्र्तगत पहिलो प्रिमियम वापत एकै पटक ठूलो रकम लिएर बीमा गर्ने र बीमितले आठ दश महिनाभित्रै सरेण्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद हुने भएकाले त्यसका बारेमा शुरुमै नेपाल राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाईलाई जानकारी गराउन बीमा कम्पनीलाई निर्देशन दिए ।

बीमा कम्पनीहरुमा बीमा गर्नका लागि एकैपटक ठूलो रकम आएमा त्यसको श्रोत को बारेमा साोधखोज गर्ने र जानकारी लिएर गोएमएल मार्फत एफआईयूलाई जानकारी गराउन उनले निर्देशन दिएका छन् ।

विगतका कमी कमजोरीहरुलाई सच्चाएर बीमा क्षेत्रले सम्पत्ति शुद्धीकरण र शंकास्पद लगानी विवरणका लागि सदैव चनाखो र सजग हुन समेत उनले आग्रह गरे ।

त्यसो नगरेमा बीमा कम्पनीलाई बीमा ऐनको ब्यवस्था र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि कानुन बमोजिम कारवाही गर्ने चेतावनी उनले दिए।

easy care

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार