मर्सिडिजले अब सबै कारलाई विद्युतीय बनाउने, विश्वभर ५ लाखभन्दा बढी चार्जिङ पोर्ट स्थापना गर्ने

Technology Khabar ११ श्रावण २०७८, सोमबार

मर्सिडिजले अब सबै कारलाई विद्युतीय बनाउने, विश्वभर ५ लाखभन्दा बढी चार्जिङ पोर्ट स्थापना गर्ने

भारतमा सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न विभिन्न योजनाहरु ल्याइरहेको छ।

हालै अमेरिकी इलेक्ट्रिक कार कम्पनी टेस्लाले पनि आयात कर कम भएको खण्डमा गाडी आपूरुति गर्ने र सहमति भएमा भारतमै फ्याक्ट्री राख्ने बताइकेको छ।

यसैबीच मर्सिडिज बेन्जले आफ्ना सबै गाडीहरु विद्युतीय फर्मर्याटमा उपलब्ध गराउने घोषणा गरेको हो।

२०२५ सम्ममा सार्वजनिक हुने सबै गाडी विद्युतीय हुने

कम्पनीका अनुसार उसले बनाउने सबै गाडीलाई इलेक्ट्रिक भर्सनमा पनि निकाल्नेछ। कम्पनीले यो लक्ष्य सन् २०२२ भित्र पूरा गरिसक्ने योजना बनाएको छ।

यसका साथै सन् २०२५ भित्र सार्वजनिक हुने सबै गाढी विद्युतीय नै हुने र ग्राहकले कम्पनीका सबै मोडलमा यो अप्शन प्राप्त गर्ने बताइएको छ।

कम्पनीले मर्सिडीज बेन्जको तीन ओटा इलेक्ट्रिक आर्किटेक्चर २०२५ सम्म सार्वजनिक गर्नेछ।

मर्सिडिज बेन्जको नाम परिवर्तन हुन सक्छ

आउँदो १० वर्षमा मर्सिडिज बेन्ज सम्पूर्ण रुपमा इलेक्ट्रिक कार बजारमा अग्रणी हुन चाहन्छ। यसका साथै कम्पनीका सीईओ ओला केलेनियसका अनुसार कम्पनीको कम्बुशन इन्जिन सन् २०२५ सम्ममा लगभग समाप्त भइसक्नेछ।

तर ड्यामलरले यो वर्षको अन्त्यसम्म आफ्नो ट्रक डिभिजन बन्द गर्ने र मर्सिडिज बेन्जको नाम पनि परिवर्तन गर्ने भएको छ।

विश्वभर ५ लाखभन्दा बढी चार्जिङ प्वाइन्ट बनाउने

विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि कम्पनीले विश्वभरमा ५ लाख ३० हजार  चार्जिङ प्वाइन्ट पनि स्थापना गर्ने भएको छ। यसका लागि कम्पनीले २०२२ देखि २०३० सम्म ४ खर्ब यूरो लगानी गर्ने योजना बनाएको छ।

TK Viber

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

Loading...