दोलखा भीमेश्वरमा पनि स्मार्ट बत्ती

Technology Khabar ११ श्रावण २०७८, सोमबार

दोलखा भीमेश्वरमा पनि स्मार्ट बत्ती
सांकेतिक तस्बिर

काठमाडौं ।

दोलखाको भीमेश्वर नगरपालिकाले बजार क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ ।

नगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्न लागिएको नगरप्रमुख भरतबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक करोड ३९ लाख रुपियाँ लागतमध्ये ८० लाख रुपियाँमा जडान गर्ने ठेक्का सम्झौता भइसकेको छ ।

सामान आइसकेका छन् । छिट्टै जडान सुरु हुनेछ । भएका पुराना पोललाई समेत प्रयोग गरी करिब एक सयवटा पोल गाडिने छ । स्मार्टको विशेषता बजारमा भीडभाड हुँदा चहकिलो र भीड नहुँदा मधरो बल्ने गर्दछ ।

भीडभाडमा यसले सुरक्षाको अनुभूति दिनेछ । बसपार्क, सातदोबाटो, चरीघ्याङ, पाटीखोला, सिमपानी, चरीकोट बजार र नगरपालिकाको कार्यालयसम्म ‚मार्ट सडक बत्ती जडान हुने नगरप्रमुख केसीले जानकारी दिए । गोरखापत्र

easy care

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

ताजा समाचार