सेलपेको वार्षिकोत्सव अफर, १० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा सामसङ ग्यालेक्सी एफ२२

Technology Khabar १० श्रावण २०७८, आईतवार

सेलपेको वार्षिकोत्सव अफर, १० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा सामसङ ग्यालेक्सी एफ२२

काठमाडौं ।

सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यास ब्याक योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोन पेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत (रु.१००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् ।

यो योजना यही साउन १० गतेदेखि साउन १६ गतेसम्म लागु हुनेछ । सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो ।

easy care

प्रकाशित: १० श्रावण २०७८, आईतवार